युक्रेनमा एफ–१६ विमान दुर्घटनाग्रस्त, पाइलटको मृत्यु

किभ । युक्रेनमा एफ–१६ लडाकु विमान दुर्घटनाग्रस्त भएको छ । रुसले आक्रमण गरिरहेको समयमा सो विमान दुर्घटनामा परेको युक्रेनी सेनासम्बद्ध एक स्रोतले बताएको भन्दै बीबीसीले समाचार छापेको हो ।
सो लडाकु विमान नेटोमा रहेका देशहरूले युक्रेनलाई दिएको विमानमध्ये एक थियो । रुसले सोमबार एकपछि अर्को गर्दै आक्रमण गरिरहँदा सो विमान खसेको बताइएको छ ।
यस घटनामा विमानका पाइलट ओलेक्सी मेसको निधन भएको छ । यो महिनाको सुरुमा नेटोले युक्रेनलाई लडाकु विमान उपलब्ध गराएयता यो पहिलो घटना भएको बताइएको छ ।
रुसी आक्रमणसँग विमान दुर्घटनाको प्रत्यक्ष सम्बन्ध नरहेको युक्रेनी सेनाको दाबी छ । ओलेक्सीले रुसी आक्रमणको समयमा तीनवटा क्रुज मिसाइल र एउटा ड्रोन नष्ट गरेको सेनाको दाबी छ ।
उनले रुसी मिसाइलबाट युक्रेनीहरूलाई बचाएको पनि युक्रेनको हवाई बलले सामाजिक सञ्जालमा जारी एक विज्ञप्तिमा भनेको छ । दुर्भाग्यवश यसको मूल्य उनले ज्यान दिएर चुकाउनु परेको विज्ञप्तिमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
माओवादीले खोस्यो प्रदेश सह–इन्चार्जहरूको जिम्मेवारी
-
मुख्यमन्त्री कप राष्ट्रिय भलिबल प्रतियोगितामा कोशीको विजयी सुरुवात
-
भारतबाट हराएका सूर्यचन १२ दिनदेखि सम्पर्कविहीन
-
वनबाट पतिङ्गर सङ्कलन गर्नेलाई नगद पुरस्कार दिइने
-
दुर्गेशले गाएको यस्तो छ ‘कर्मा’ को टाइटल गीत
-
पूर्वउपराष्ट्रपति पासाङलाई माओवादीले बनायो उपाध्यक्ष