बारामा मोटरसाइकल दुर्घटना, एक युवकको मृत्यु
शुक्रबार, १४ भदौ २०८१, ११ : ४४

बारा । बारामा मोटरसाइकल दुर्घटनाबाट आज एक जनाको मृत्यु भएको छ । आफैँले चलाएको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा चालक कलैया उपमहानगरपालिका ११ निवासी २४ वर्षीय सन्दीपकुमार यादव रहेका छन् । प्रहरीका अनुसार गएराती यादव सवार लु ९५ प ६३५४ नम्बरको मोटरसाइकल कलैया–१६ को उत्तर झिटकैयामा अनियन्त्रित भई पल्टिएको थियो ।
उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी नायब उपरीक्षक प्रकाश सापकोटाले बताए । उनका अनुसार घटना राती भएको हो तर स्थानीयले बिहान खबर गरेपछि प्रहरी घटनास्थलमा पुगेर मुचुल्का उठाएको हो ।
मृतकको शवको सनाखत भइसकेको तथा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालको विजयी सुरुवात, यूएई पाँच रनले पराजित
-
विद्यालय शिक्षा विधेयकका ९१ दफामा सहमति जुट्यो
-
एनआरएनको प्रतिनिधि सबैले जुनसुकै पदमा उम्मेदवार दिन सक्ने
-
वीरगञ्जमा उत्पन्न विवाद समाधान
-
ज्वालालाई ३ दिनभित्र बयानका लागि उपस्थित हुन सर्वोच्चको आदेश
-
सहकार्यमा धोका भएको भन्दै एमाले निकट ११ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता