एमबीबीएस प्रवेश परीक्षाको नतिजा प्रकाशित (नतिजासहित)

काठमाडौँ । चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा स्नातक तह (एमबीबीएस) को प्रवेश परीक्षाको नतिजा प्रकाशन गरेको छ । गत भदौ १ गते सञ्चालन गरिएको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरिएको आयोगले जनाएको छ ।
चिकित्सा शिक्षा आयोग कार्यकारी समिति र एकीकृत प्रवेश परीक्षा समितिको भदौ १४ गते बसेको संयुक्त बैठकको निर्णयबाट योग्यताक्रमअनुसार नतिजा प्रकाशन गरिएको हो ।
परीक्षार्थीले आफ्नो प्रोफाइलबाट समेत नतिजा हेर्न सकिने आयोगले जनाएको छ । न्यूनतम शैक्षिक योग्यता हासिल नगरेका तथा उत्तरपुस्तिकामा रोल नम्बर र प्रश्नपत्र सेटको बबल नभरेका वा बबल गलत भरेका उम्मेदवारका उत्तरपुस्तिकाहरू रद्द गरिएको छ ।
झुठा विवरण पेश गरी परीक्षामा सम्मिलित भएको पाइएमा त्यस्ता परीक्षार्थीको नतिजा जुनसुकै बखत पनि रद्ध गर्न सकिने आयोगको परीक्षा निर्देशनालयका उपसचिव धनबहादुर श्रेष्ठले जानकारी दिए ।
आयोगले एमबीबीएसको लागि परीक्षा दिएका सात हजार ८४७ परीक्षार्थीकै फाइनल स्कोर र -याङ्क प्रकाशित गरेको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
शिक्षामन्त्री भट्टराईको घाँटीको शल्यक्रिया गरियो
-
कोरियामा नेपाली युवकले आत्महत्या गरेपछि बाँकीले कम्पनी छाड्दै
-
यस्तो छ आगामी साता सार्वजनिक हुने एमजी एस फाइभ ईभी गाडीको टेस्ट ड्राइभ
-
सरकारद्वारा ७८ सहसचिवको सरुवा, को–कहाँ ? (सूचीसहित)
-
सर्वनाममा चैत १७ देखि इन्टरनेशनल पिपुल्स थिएटर फेस्टिभल
-
अर्थ मन्त्रालयद्वारा आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि समिति गठन