भ्रष्टाचार मुद्दामा हदम्यादको विपक्षमा एकीकृत समाजवादी

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) भ्रष्टाचार मुद्दामा हदम्यादको विपक्षमा उभिएको छ । संसद्को राज्य व्यवस्था समितिमा विचाराधीन भ्रष्टाचार नियन्त्रण ऐन–२०५९ को संशोधन विधेयकमाथि छलफल चलिरहेका बेला एकीकृत समाजवादी हदम्यादको विपक्षमा उभिएको हो ।
भ्रष्टाचार नियन्त्रणबारे सबै दलहरूले चर्को भाषण गर्ने गरे पनि हदम्यादबारे भने उनीहरू पक्ष र विपक्षमा उभिएका छन् । ‘हाम्रो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नु हुँदैन भन्ने प्रस्ट धारणा राख्दछ’, एकीकृत समाजवादीको पहिलो पूर्ण बैठकले पारित गरेको प्रस्तावमा भनेको छ । सो पार्टीले भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न संसद्सँग माग समेत गरेको छ ।
‘हाम्रो पार्टी भ्रष्टाचारको मुद्दामा हदम्याद राख्नुहुँदैन भन्ने प्रस्ट धारणा राख्दछ । यसैगरी यो बैठक नेपालको संसद्लाई भ्रष्टाचारको मुद्दामा हदम्याद नराख्ने कानुन निर्माण गर्न माग गर्दछ र सम्पूर्ण राजनीतिक दलहरू र नागरिक समाजलाई यो विषयमा सजग बन्न आव्हान गर्दछ’, एकीकृत समाजवादीको बैठकले पारित गरेको तात्कालिक प्रस्तावमा भनिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी विशेष दूतले रुसी कथा फैलाइरहेको जेलेन्स्कीको आरोप
-
धवलशमशेरलाई क्यान्सरको फलोअप उपचारमा जान नदिने षडयन्त्रमा सरकार लागेको आरोप
-
आउट भएर पेभेलियन फर्कँदै गरेका रिकेल्टनलाई यसकारण फेरि ब्याटिङ गर्न बोलाइयो
-
हमासद्वारा इजरायलको नयाँ युद्धविराम प्रस्ताव अस्वीकार
-
सम्पदा पदयात्रा गरी मनाइयो विश्व सम्पदा दिवस
-
सुनको मूल्य सामान्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?