तस्बिरमा हेर्नुहोस् प्रधानमन्त्री ओलीसहित सांसदहरूको योग अभ्यास
_Kuas71ALsz.jpg)
काठमाडौँ । संसद् सचिवालयसँगको सहकार्यमा दुवै सदनका सम्पूर्ण सांसदका लागि ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रमको आयोजना गरिएको छ ।
कार्यक्रममा प्रमुख अतिथिको रूपमा प्रधानमन्त्री केपी शर्मा ओली उपस्थित थिए । त्यसैगरी सभामुख देवराज घिमिरे, राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रिपरिषद्का सदस्य सहित दुवै सदनका सांसदहरू ध्यान, योग र अध्यात्म स्वजागरण कार्यक्रममा सहभागी थिए ।
नेपाल सरकारको वैशाख २०८१ मा जारी नीति तथा कार्यक्रमले समेटेको योग, ध्यान र स्वजागरणका मौलिक र वैज्ञानिक पद्धतिलाई मुलप्रवाहीकरण गरी स्वस्थ र नैतिकवान समाजको निर्माणका लागि गरिने योग र ध्यानको स्वजागरण अभियानलाई अगाडि बढाउने मार्ग स्पष्ट गर्नका लागि स्वजागरण कार्यक्रमको आयोजना गरिएको संसद् सचिवालयले जानकारी दिएको छ ।
कार्यक्रममा जीवन विज्ञानका संस्थापक एवम् जीवन विकास विशेषज्ञद्वय रमेश नेपाल र एल पि भानु शर्माले योग, ध्यान, अध्यात्म र मनोविज्ञानका यिनै विधि र सूत्रहरूको प्रयोग र अभ्यास गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड
-
डोलेश्वरमा एकैदिन ६० हजारले गरे दर्शन
-
१२ बजे, १२ समाचार : नेपालमा पढ्न चाहने किटका विद्यार्थीलाई आवेदन खुलादेखि अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपको फाइनलमा नेपाल पराजितसम्म
-
माओवादी सुदूरपश्चिम संसदीय दलको विवाद मिलाउने प्रचण्डको प्रयास असफल
-
शासन गर्नका लागि कांग्रेस र एमाले मिलेको होइन : महासचिव पोखरेल