पोलियोको खोपका लागि गाजामा युद्धविराम गर्न इजरायल सहमत

तेल अभिभ । गाजामा मानवीय सहायता पुर्याउन युद्धलाई रोक्न इजरायल सहमत भएको छ । विश्व स्वास्थ्य संगठन (डब्ल्यूचएओ)का अनुसार गाजाका बालबालिकाहरूलाई पोलियोको खोप लगाउने कार्यक्रमका लागि युद्ध विराम गर्न इजरायलले मानेको हो । गाजापट्टीमा चलाइने यस अभियानमा ६ लाख ४० हजार बालबालिकालाई खोप लगाइने डब्ल्यूचएओका वरिष्ठ अधिकारी रिक पिपरकोर्नले भनेका छन् ।
खोप अभियान आइतबारबाट तीन दिनसम्म चल्नेछ । यो अभियाले गाजाको मध्य, दक्षिणी र उत्तरी हिस्सालाई समेट्नेछ । युद्ध विराम अभियान स्थानीय समयअनुसार बिहान ६ बजेबाट दिउँसो ३ बजेसम्म चल्नेछ । संयुक्त राष्ट्र संघका अधिकारीहरूले १० महिने शिशुलाई पोलियोको कारण पक्षाघात भएको बताएपछि यो सम्झौता भएको हो ।
गाजामा २५ वर्षमा पहिलो पटक पोलियो यस वर्ष देखिएको थियो । गाजामा अहिले पोलियोको खोपको १२ लाख ६० हजार मात्रा उपलब्ध रहेको र छिटै ४ लाख मात्रा पुग्ने बताइएको छ । यो खोप अभियानको निगरानी प्यालेष्टिनी स्वास्थ्य मन्त्रालय, डब्ल्यूचएओ, युनिसेफ र यूएनआरडब्ल्यूएले मिलेर गर्नेछन् । यो अभियानमा २ हजार स्वास्थ्यकर्मी सहभागी हुनेछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गाजामा बलजफ्ती कब्जा गर्ने नेतन्याहूको योजना, हमासविरुद्ध सैन्य आक्रमणको प्रस्तावमा सुरक्षा परिषदको अनुमति
-
संसद्को दुवै सदनको बैठक बस्दै, यस्ता छन् कार्यसूची
-
कटान नियन्त्रण नहुँदा सुरौदी खोला जलाधार क्षेत्रका स्थानीय मारमा
-
बर्सिम घाँसको बीउबाटै लाख कमाउँछन् किसान
-
देशमा तीन मौसमी प्रणाली सक्रिय : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
-
गणेशजीको बार आज कुन राशिलाई कस्तो फल ?