बुधबार, १२ मङ्सिर २०८१
ताजा लोकप्रिय

बागमती प्रदेश : विषयगत समितिबाट विधेयक पारित

बिहीबार, १३ भदौ २०८१, २२ : ३३
बिहीबार, १३ भदौ २०८१

बागमती । बागमती प्रदेशसभा अन्तर्गतका विषयगत समितिहरुले लामो समयदेखि विचाराधीन एउटा विधेयक टुङ्गो लगाएका छन् । आज बसेको  शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकले प्रदेश स्वास्थ्य सेवा ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयक, २०८० दफावार छलफल पश्चात पास गरेको समितिका सभापति ठाकुरप्रसाद ढकालले जानकारी दिए । स्वास्थ्य विधेयक लामो समयदेखि समितिमा विचाराधीन रहँदा प्रदेशमा स्वास्थ्य संस्था स्थापनालगायत कार्य प्रभावित हुँदै आएको थियो । 

भोलि बस्ने शिक्षा, स्वास्थ्य तथा कृषि समितिको बैठकमा प्रदेश कृषि विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथि दफावार छलफल हुने समितिका सभापति ढकालले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप