बुधबार, ०९ माघ २०८१
ताजा लोकप्रिय

यस्ता छन् क्यानका ९ निर्णय

बिहीबार, १३ भदौ २०८१, १९ : ५८
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ ।  नेपाल क्रिकेट संघ (क्यान) ले विभिन्न ९ निर्णय गरेको छ । बिहीबार बसेको क्यानको केन्द्रीय कार्यसमिति बैठकले विभिन्न ९ निर्णय गरेको हो । 

बैठकले ७ वटै प्रदेश क्रिकेट संघलाई २ जना महिला र ३ जना पुरुष खेलाडीहरूलाई सेप्टेम्बर १ देखि लागु हुने गरी १ वर्षसम्म जनही मासिक १५ हजार पारिश्रमिक उपलब्ध गराउने निर्णय गरेको   क्यानका प्रवक्ता छुम्बी लामाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । 

यस्तै क्यानले अमेरिका र वेष्ट इन्डिजमा भएको टी–२० विश्वकप खेलेका खेलाडी र प्रशिक्षकलाई जनही ३ लाख दिने निर्णय गरेको छ ।

वाई–वाई यु १९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगिता यही सेप्टेम्बर/अक्टोबरमा कोशी प्रदेशमा आयोजना गर्ने निर्णय गरेको प्रवक्ता लामाले जानकारी दिए ।

यस्तै एलिट कप क्रिकेट प्रतियोगिता अक्टोवर अन्तिम सातादेखि मधेस प्रदेशको जनकपुर र वीरगन्जमा आयोजना गर्ने निर्णय क्यानले गरेको छ ।  

आइसीसी यु–१९ महिला विश्वकप एसिया क्वालिफायरको तयारी स्वरूप सेप्टेम्बर १५ देखि दाङको लमहीमा प्रथम चरणको बन्द प्रशिक्षण सञ्चालन गर्ने क्यानले निर्णय गरेको छ ।  

यस्तै क्यानले लेखबहादुर क्षेत्रीको संयोजकत्वमा युनिल श्रेष्ठ र मुर्तुजा हवारी सदस्य रहने गरी ३ सदस्यीय राष्ट्रिय छनौट समिति गठन गरेको छ ।

यस्तै क्यानको वार्षिक साधारण सभा असोज ११ र १२ गते पोखरामा गर्ने निर्णय भएको प्रवक्ता लामाले जानकारी दिए । 

प्रवक्ता लामाका अनुसार आदिल आलमको निलम्बन फुकुवा प्रक्रियाबारे आवश्यक कागजात आईसीसी एन्टी करप्सन युनिटमा पेस गरी आईसीसीबाट प्राप्त निर्देशन अनुसार निर्णय गर्ने सहमति भएको छ । 

 

cc11

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप