शक्तिशाली ताइफुनको चपेटामा जापान, ५० लाख मानिसलाई सुरक्षित स्थलमा सर्न निर्देशन

टोकियो । यतिबेला जापान एक दशकयताकै सबैभन्दा शक्तिशाली ताइफुनको चपेटामा परेको छ । शानशान ताइफुनका कारण मंगलबार अबेर राति एकै परिवारको तीन जनाको मृत्यु भएको थियो ।
अहिलेसम्म ताइफुनले गर्दा कम्तिमा ८४ जना घाइते भएको सरकारी समाचार च्यानल एनएचकेले आफ्नो समाचारमा भनेको छ । ५० लाखभन्दा जनालाई सुरक्षित स्थलमा जान भनिएको छ । तर अहिलेसम्म कति जना सुरक्षित स्थलमा गए भन्ने चाँहि स्पष्ट जानकारी आइसकेको छैन ।
ताइफुनका कारण दक्षिण जापानमा आउने र जाने ७०० भन्दा धेरै हवाई उडान रद्द भएका छन् । राजमार्गका ८० भन्दा बढी खन्डमा सवारी आवागमन अवरुद्ध भएको छ । २ लाख ३० हजारभन्दा धेरै घर बिजुलीबत्ती बिहिन अवस्थामा छन् । क्युशुमा मुसलधारे वर्षा भइरहेको छ । त्यहाँ प्रतिघन्टा २५२ किमिका दरले आँधी चलेको बताइएको छ ।
ताइफुनका कारण भारी वर्षा हुने भविष्यवाणी मौसम विभागले गरेको छ । दक्षिण क्युशुमा भोली बिहानसम्मको २४ घन्टामा १ हजार २०० एमएम (४३ इञ्च) वर्षा हुने बताइएको छ । ताइफुन यतिबेला उत्तरतर्फ सर्दै गइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुटवलमा एमालेको जागरणसभा : के दियो सन्देश ?
-
तीनकुने घटनामा भएको प्रेस स्वतन्त्रता हनन्का सम्बन्धमा निष्पक्ष र स्वतन्त्र छानबिन गर्न माग
-
दुर्गा प्रसाईंलाई बिनासर्त तत्काल रिहाइ गर्न माग
-
भूकम्पपछि अस्थायी आश्रयस्थलमा राखिएको सेतो मछिन्द्रनाथको मूर्ति पुनःस्थापना (तस्बिरहरु)
-
हिउँदै बाली भित्र्याउँदा यी विषयमा ध्यान दिन आग्रह
-
९ अर्ब ५५ करोड नाफामा नेपाल आयल निगम