एकीकृत समाजवादीको वरिष्ठ नेतामा तीन जना मनोनीत

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले तीन जना नेतालाई वरिष्ठ नेतामा मनोनीत गरेको छ । केन्द्रीय कमिटी बैठकले बेदुराम भुसाल, प्रवेश हमाल र घनेन्द्र बस्नेतलाई वरिष्ठ नेतामा मनोनीत गरेको हो ।
वरिष्ठ उपाध्यक्ष पदमा दाबी गरेका तीन जनालाई बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले वरिष्ठ नेतामा मनोनीत गरेको हो । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे सर्वसम्मत चयन भएका थिए । तर १७ पदाधिकारी र पोलिटब्युरो सदस्यका लागि मतदान भएको थियो ।
यसैबिच बैठकले पार्टीका आगामी कार्यक्रम बनाउने जिम्मा पार्टी शीर्ष नेता(स्थायी कमिटी) लाई दिएको छ ।
पार्टीको पहिलो पूर्ण बैठकले पार्टीका आगामी कार्यक्रम र नेताहरूको जिम्मेवारी बाँडफाँट गर्ने जिम्मा शीर्ष नेतालाई दिएको पोलिटब्युरो सदस्य दिलु पन्तले जानकारी दिइन् । साथै बैठकले भ्रष्टाचार निवारण ऐनमा पाँच बर्से हदम्याद राख्ने सरकारी पक्षको तयारीविरुद्ध सशक्त आवाज उठाउने निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उद्योग वाणिज्य महासंघ र थाइल्यान्डको व्यापार बोर्डबीच समझदारीपत्रमा हस्ताक्षर
-
‘नरसिंहा अवतार’ले किन बनायो ६० फिट लामो पोस्टर ?
-
‘ठुलो भिड रहेकाले कार्यक्रम स्थलबाट प्रसाईंलाई पक्राउ गर्न सम्भव भएन’
-
तीनकुने प्रदर्शनमा ५८ राउन्ड गोली प्रहार, २० जनालाई लाग्यो
-
प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट
-
भक्तपुरमा गुन्जँदै रामकृष्ण ढकाल