राष्ट्रिय खेलकुद परिषद् ६१ औँ वर्षमा प्रवेश

काठमाडौँ । नेपाली खेलकुदको नेतृत्वदायी निकाय राष्ट्रिय खेलकुद परिषद् (राखेप) बिहीबार ६१औँ वर्षमा प्रवेश गरेको छ । सोही अवसरमा राखेपले एक कार्यक्रमको आयोजना गर्यो । राखेपका सदस्यसचिव टंकलाल घिसिङले दीप प्रज्ज्वलन गरी कार्यक्रमको उद्घाटन गरे ।
कार्यक्रममा उनले खेलकुदकर्मीमाथि नेपाली खेलकुदलाई नयाँ उचाइमा पुर्याउनुपर्ने चुनौती रहेको धारणा व्यक्त गरे । सबै खेलकुदकर्मीलाई शुभकामना व्यक्त गर्दै उनले वार्षिकोत्सवको मुख्य समारोह केही दिनपछि आयोजना हुने जानकारी दिए ।
पहिलो पटक खेलकुद ऐन जारी भएको दिन भदौ १३ गते राखेपले आफ्नो स्थापना दिवस मनाउँदै आएको छ । राखेपले आफ्नो मुख्य कार्यक्रममा खेलाडी, प्रशिक्षक, कर्मचारी तथा खेल संघ र सहयोगी संस्थाहरुलाई सम्मान गर्दै आएको छ ।
२०२१ साल भदौ १३ गते पहिलो खेलकुद ऐन जारी भएको थियो । २०१५ सालमा स्थापना भए पनि छुट्टै ऐन जारी भएको दिनलाई राखेपले आफ्नो स्थापना दिवसको रुपमा मानाउँदै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्तादेखि गभर्नरमा गुणाकरलाई रोक्ने प्रयाससम्म
-
नेपाली समाज भारतको नवौँ राष्ट्रिय सम्मेलन सम्पन्न
-
बसाइँ सरेको १८ वर्षपछि वेदबहादुर पुन: आफ्नै गाउँ फर्किए
-
बालुवाटारमा प्रधानमन्त्री र आन्दोलनरत शिक्षकबीच वार्ता
-
अभिनेत्री नीति शाहले गरिन् कानूनी विवाह
-
के आधारमा लिङ्देन उपसमितिले दियो पोखरा एयरपोर्टमा भ्रष्टाचार भएको प्रतिवेदन ?