एमालेले भदौ १८ र १९ गतेका लागि बोलायो पोलिटब्युरो बैठक
काठमाडौँ । सत्तारुढ नेकपा (एमाले) ले पोलिटब्युरो बैठक बोलाएको छ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहीबार बसेको केन्द्रीय सचिवालय बैठकले भदौ १८ र १९ गते पोलिटब्युरो बैठक बोलाउने निर्णय गरेको हो ।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले सचिवालय बैठकमा प्रस्तुत कार्ययोजनामामाथि सचिवालय सदस्य धारणा राखेको र पोलिटब्युरो बैठकमार्फत ०८१ को पार्टी कार्ययोजनाबारे छलफल गर्ने निर्णय गरेको बताए ।
‘कार्ययोजनालाई पोलिटब्युरोमा छलफल गराउने गरी १८ र १९ गते बैठक आह्वान भएको छ’, गौतमले रातोपाटीसँग भने । प्रस्तावित कार्ययोजनामा संगठन विस्तार र सदस्यता बढाउने अभियान सञ्चालन गर्ने उल्लेख छ ।
उपमहासचिव प्रदीप ज्ञवालीले बैठकले सदस्यता बिस्तार अभिलेखीकरण र नवीकरणको कामलाई प्रभावकारी बनाउनेबारे छलफल गरेको बताए । उनका अनुसार ११ जिल्लामा बाँकी अधिवेशनको आयोजना गर्ने र तिनीहरूलाई अझ व्यवस्थित गर्नेबारेमा पनि छलफल भएको छ । पार्टी प्रवेश र जिम्मेवारी विहीन अवस्थामा रहेकालाई तीन महिनाभित्र कमिटीगत जिम्मेवारी दिने निर्णय भएको उनले बताए ।
हरेक कमिटीले आफ्नो कार्यकर्ताको मूल्यांकनको व्यवस्थित ढाँचा निर्माण गर्ने कामको सुरुवात गर्ने, कमिटीहरू विधिसम्मत ढंगले सञ्चलन गर्ने, केन्द्रमा एउटा स्थायी पार्टी स्कुल र प्रदेशहरूमा सात वटा स्थायी पार्टी स्कुलहरू सञ्चालन गरी वर्षको एक पटक हरेक पार्टी सदस्यले अनिवार्य दीक्षित हुने ढंगले पार्टी स्कुलको ढाँचा तय गरिएको उपमहासचिव ज्ञवालीले बताए ।
बैठकले जनप्रतिनिधिलाई प्रभावकारी ढंगले परिचालन गर्ने निर्णय गरेको छ । त्यस्तै कम्युनिस्ट पार्टीहरूको एउटा अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्नेबारे पनि छलफल भएको उनले बताए । उनले पार्टीका उपाध्यक्ष एवं संविधान सभा अध्यक्ष स्व. सुवासचन्द्र नेम्वाङको प्रथम स्मृति दिवस भदौ २६ गते आयोजना गर्ने निर्णय गरेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेतो जर्सीको प्रतियोगितामा आर्मीका ब्याट्सम्यानको कमजोर प्रदर्शन, पुलिसका ललितले लिए ७ विकेट
-
प्रधानमन्त्री भएको भोलिपल्टबाटै प्रचण्डमा पुरानै चरित्र प्रदर्शन हुन थाल्यो : ओली
-
माओवादीले पूर्व राजावादीहरूसँग बाक्लै बसाउठी गरिरहेको ओलीको आरोप
-
हृदयाघातबाट पालिका कर्मचारीको निधन
-
विद्युत् प्राधिकरणलाई इलेक्ट्रिकल इन्जिनियरको हब बनाउँछौँ : कुलमान घिसिङ
-
टीआरसी ऐनविरुद्ध सर्वोच्च अदालतमा नयाँ रिट दर्ता