आइतबार, ०९ मङ्सिर २०८१
ताजा लोकप्रिय

पारस खड्काले खेल्ने लिजेन्ड्स लिगमा बिक्री भएनन् तिलकरत्ने दिल्सानदेखि ब्रेट लीसम्म

बिहीबार, १३ भदौ २०८१, १७ : ३८
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । लिजेन्ड्स लिग क्रिकेटको आगामी सिजन सेप्टेम्बरमा सुरु हुँदैछ । तर, हालसम्म खेल तालिका भने सार्वजनिक गरिएको छैन । आगामी लिजेन्ड्स लिगका लागि बिहीबार खेलाडीहरूको अक्सन भएको छ ।

नेपाली टोलीका पूर्वकप्तान पारस खड्काले पनि आगामी सिजनको लिजेन्ड्स लिग खेल्ने भएका छन् । नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिवसमेत रहेका पारसलाई अक्सनमा गुजरातले १२ लाख ५० हजार भारतीय रुपैयाँमा खरिद गरेको हो ।

प्रतियोगितामा ६ टोलीको सहभागिता रहने छ । अक्सनमा विश्व क्रिकेटका केही चर्चित खेलाडीलाई कुनै पनि टोलीले खरिद गरेनन् । कुनै समय विश्व क्रिकेटमा तहल्का मच्चाउने खेलाडीलाई समेत कुनै क्लबले खरिद गर्ने रुचि देखाएनन् ।  

यसरी बिक्री नहुने खेलाडीको सूचिमा श्रीलङ्काका तिरकरत्ने दिल्सान पनि छन् । अक्सनमा उनलाई कुनै पनि टोलीले खरिद गरेनन् । दिनेश रामदिन, टिम पाइन, एरोन फिन्चजस्ता प्रभावशाली क्रिकेटरलाई पनि कुनै टोलीले खरिद गरेनन् ।

यसैगरी, मार्टिन गप्टिल, तामिम इक्बाल, निकी बोए, रुद्रप्रताप सिंह, ब्रेट ली, जेसी राइडर र चेतन सूर्यवंशी पनि अक्सनमा बिक्री भएनन् । जेम्स फ्रैंकलिन, म्याट प्रायर, जस्टिन केम्प, उपुल थारंगा, रंगना हेराथ, धम्मिका प्रसाद, सचिथ पाथिराना र विलियम पोर्टरफिल्डमा पनि कुनै क्लबले रुचि देखाएनन् ।

यसैगरी, काइल कोएट्जर, क्यामरुन ह्वाइट, मोहम्मद असरफुल, ग्राह्म स्वान, माजिद हक र थिलन तुसरा पनि अक्सनमा बिक्री भएनन् । यसका अतिरिक्त आलोक कपाली, करिम सादिक, बेन कटिङ, लाहिरु थिरिमाने, टम कुपर, प्रविण कुमार, दिलहरा फर्नान्डो, स्टिभन फिन, चामरा सिल्भा, रिकार्डो पावेललाई पनि कसैले खरिद गरेनन् ।

अक्सनमा विभिन्न क्लबले खरिद गरेका खेलाडीको सूचिमा भने नेपाली टोलीका पूर्वकप्तान पारसका अतिरिक्त एल्टन चिगुम्बरा, ह्यामिल्टन मासाकाद्जा, पवन नेगी, जिवन मेन्डिस, सुरंगा लकमल, जर्ज वर्कर, रिकी क्लार्क, स्टुअर्ट बिनी, चाडविक वाल्टन र बिपुल शर्मा पनि छन् ।

अक्सनमा बिक्री हुने अन्य खेलाडीमा ड्वेन स्मिथ, कालिन डी ग्रान्डहोम, नमन ओझा, धवल कुलकर्णी, क्रिस मपोफू, केविन ओ’ब्रायन, रोस टेलर, शहबाज नदिम, फिडेल एडवार्डस, बेन लाफलिन, शेल्डन कट्रेल, डेन क्रिश्चियन, एन्जेलो परेरा, सोलोमन मायर, लियाम प्लंकेट, लेन्डल सिमन्स, जेरोम टेलरलगायत रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप