शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय

पेरिस पारा ओलम्पिक : पहिलो खेलमै जापानी प्रतिद्वन्द्वीसँग हारे भरत

बिहीबार, १३ भदौ २०८१, १६ : ४२
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । पेरिसमा जारी गृष्मकालीन पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७ औँ संस्करणमा नेपाली तेक्वान्दो खेलाडी भरतसिंह महता आफ्नो पहिलो खेलमै पराजित भएका छन् । उनले पेरिस पारा ओलम्पिकमा के–४४ समूहअन्तर्गत ५८ केजीभन्दा मूनिको तौल समूहमा प्रतिस्पर्धा गरेका थिए ।

प्रतियोगिताको दोस्रो दिन बिहीबार सम्पन्न खेलमा जापानी खेलाडी मित्सुया तानाकाले नेपाली खेलाडी भरतलाई १९–३ ले हराएका हुन् । जितसँगै जापानी खेलाडी मित्सुया प्रतियोगिताको क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । भरत ‘वाइल्ड कार्ड’ प्राप्त गरेर पेरिस पारा ओलम्पिकमा सहभागी भएका हुन् ।

भरतले यसअघि दुईवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलेका थिए । उनले चीनमा गत चैत २ देखि ४ गतेसम्म पेरिस ओलम्पिकका लागि भएको एसियाली छनोट प्रतियोगिता र भियतनामको दनाङमा जेठ ६ गते भएको नवौँ एसियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएका थिए ।

एसियाली छनोटको पहिलो खेलमा इन्डोनेसियाका खेलाडीलाई पराजित गरी अगाडि बढेका भरत सेमिफाइनलमा मंगोलियाका प्रतिद्वन्द्वीसँग पराजित भएका थिए । उक्त प्रदर्शनपछि भरत विश्व वरीयताको ८१ औँ स्थानमा पुगेका थिए । त्यसअघि उनी वरीयताविहीन थिए ।

भियतनाम पनि पहिलो खेलमा काजाकिस्तानका खेलाडीलाई हराएका भरत दोश्रो खेलमा अजरबैजानका खेलाडीसँग पराजित भएका थिए । भियतनामको प्रदर्शनपछि भरत विश्व वरीयताको ५८ औँ स्थानमा उक्लिएका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप