माओवादीलाई योगेशको चुनौती : कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन
काठमाडौँ । एमाले सचिव योगेश भट्टराईले माओवादी केन्द्रका नेता कार्यकर्ताले आफूमाथि लगाएको मिथ्या आरोपको हजार ठाउँमा जवाफ दिन तयार रहेको भन्दै प्रतिवाद गरेका छन् ।
नेता भट्टराईले बुधबार प्रतिनिधि सभामा माओवादी हिंसाको कारण जलविद्युतका सब स्टेशन र ट्रान्समिसन लाइनहरू समयमै बन्न नसकेको बताएपछि माओवादी सांसदहरूले हिंसा शब्द फिर्ता लिन माग गरेका थिए ।
त्यसपछि माओवादी कार्यकर्ताले सामाजिक सञ्जालमार्फत योगेशलाई हतियार तस्करको आरोप लगाउनुका साथै भट्टराईको फोटोमा माल्यार्पण गरेर श्रद्धाञ्जली दिएको टिकटक तथा फेसबुक पोस्टहरु भाइरल बनाइरहेका छन् ।
भट्टराईले सामाजिक सञ्जालबाटै माओवादीलाई जवाफ फर्काउँदै बिहीबार सामाजिक सञ्जालमा रक्तचन्दन,गिटी बालुवा तस्करीदेखि बैंक लुटपाट,सुन तस्करीजस्ता कुकर्मको एक ठाउँमा मात्रै जवाफ दिन चुनौती दिएका हुन् ।
भट्टराईले यस्तो लेखेका छन्:
निर्दोष मानिसको हत्या गर्ने, अपहरण गर्ने, सुतिरहेका पुलिस र सेनामाथि बम हान्ने, जनताको सम्पत्ति लुट्ने, बैंक लुटेर पैसा र सुन माटोमुनि लुकाउने, रक्तचंदनको तस्करी गर्ने गिटी बालुवाको तस्करी गर्ने तिमीहरूका यी कुकर्मको एक ठाउँमा मात्र जवाफ देऊ । तिमिले लगाएको तथ्यहीन, मिथ्या, असत्य र झूट आरोपको हजार ठाउँमा जवाफ दिन तयार छु ।
तिम्रा धम्की र फरेबले मेरो इमान डगमगाउने छैन ।
कालो तिम्रो अनुहारमा छ, सिसा फुटाएर उन्मुक्ति पाइने छैन ।
चेतना भय !
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
२ प्रतिक्रिया
भर्खरै
-
६ महिनामा ६ खर्ब ६७ अर्ब ६० करोड बजेट खर्च
-
राष्ट्रिय गौरवका आयोजनामा २५ प्रतिशत खर्च
-
‘एसियन हाइवे’ निर्माणले लियो गति
-
१२ बजे, १२ समाचार : प्रचण्ड ओलीप्रति आक्रामकदेखि रवि चौथो पटक धरौटी तिरेर रिहासम्म
-
प्रचण्डले असन्तुलित अभिव्यक्ति दिएको भन्दै शंकर पोखरेलको कटाक्ष
-
अर्जुन ट्रफी : डडेल्धुरा सेमिफाइनलमा