सडक दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गरौँ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले नदी छेउका सडक करिडोरमा हुने दुर्घटना रोक्न एक महिना सडक सञ्जाल बन्द गरी अध्ययन गर्नुपर्ने बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले यस्तो प्रस्ताव अघि सारेका हुन् ।
गौतमले सो समयमा हवाई यातायातको प्रयोग गर्नुपर्ने र हवाई यातायातलाई कसरी सबैभन्दा सस्तोमा सेवा दिने र कतिसम्म दिन सकिन्छ भन्नेकुराको निर्धारण सरकारले गर्नुपर्ने बताए । उनले नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिकको मृत्यु भइरहेको बताए । उनले सडकका कारण हुने दुर्घटना पत्ता लगाउने घटनाको सबै कोणबाट विश्लेषण हुनुपर्ने बताए । उनले अहिले उत्पन्न भएका समस्या ८० प्रतिशत भौगर्भिक र २० प्रतिशत मानवीय रहेको बताए ।
गौतमले प्रकृतिप्रदत्त संरचनाहरुको यथार्थ जानकारी प्राप्त गर्न चीन, इजरायलबाट त्यस सम्बन्धी ज्ञान भएका वैज्ञानिकहरूलाई नेपालमा केही समयका बोलाउन आग्रह गरे ।
उनले भने, ‘ नेपालको भौगर्भिक अवस्थाको अध्ययन नगरी निर्माणका जथाभाबी काम गर्नाले आज प्रतिदिन नेपाली नागरिक र नेपाल भ्रमणमा आउने विदेशी नागरिक धेरै मरिरहेका छन् । नेपालका नदी छेउमा रहेका सडक करिडोर ज्यानमारा संरचना बनेका छन् । कुनैपनि समस्या चाहे भौगर्भिक होस्, चाहे मानवीय होस् त्यसको कार्यकारण सम्बन्ध हुन्छ । बिना कारण कुनै घटना हुँदैनन् । कारण पत्ता लगाउन घटनाको सबै कोणबाट विश्लेषण गर्न सक्नुपर्छ ।’
गौतमले एक महिनामा सबै सडकको सम्पूर्ण अध्ययन गरिसकेपछि तत्काल निर्माण गर्नुपर्नेलाई निर्माण गरी चलाउनुपर्ने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘हेल्लो काशीराम’ बारे फुलन्देकी आमा – हास्य र व्यङ्ग्यको अनौठो मिश्रण
-
अमेरिका र युरोपबिच व्यापार सम्झौताको सम्भावना, इटालीका प्रधानमन्त्रीले भेटिन् ट्रम्पलाई
-
कर्मचारीलाई बेवास्ता गरेर ऐन ल्याए आन्दोलनमा उत्रिने चेतावनी
-
२५ जना सदस्यसहित नेपाल आइपुगिन् देवी प्रतिभा, १४ दिनसम्म पोखरामा कथा वाचन गर्ने
-
राज्य व्यवस्था समितिमा पुगे निजामती ट्रेड युनियनका प्रतिनिधि, ११ बुँदे ज्ञापनपत्र हस्तान्तरण
-
सरकारी वेबसाइटहरु डाउन, किन भयो यस्तो ?