दुई तिहाइको घमन्ड नगर्नुस् भनेर सम्झाएको मात्रै हुँ : प्रचण्ड

धनगढी । पूर्वप्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सत्तासीन कांग्रेस र एमालेले दुई तिहाइको बलले संविधानमाथि घात गरे प्रतिकार गर्ने चेतावनी दिएका छन् । सुदूरपश्चिम प्रदेशको धनगढीमा बुधवार र बिहीबारसम्म चलेको माओवादी केन्द्रको केन्द्रीय सदस्य तथा प्रदेश पदधिकारीहरुको परामर्श बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उनले सो कुरा बताएका हुन् ।
उनले भने, ‘उहाँहरूले संविधानमाथि घात गर्नुहुन्छ कि भन्ने आशङ्का पैदा भएको छ । संविधानमा हामीले धेरै मेहनत गरेर समावेशी र समानुपातिकको व्यवस्थालाई राखेका छौ । त्यसमा दलित मुस्लिम, महिला, मुस्लिम, थारुहरूको अधिकार सुनिश्चित गरेको उहाँहरूलाई मन परेको छैन । उहाँहरू ०७२ को संविधानमा माओवादी देख्नुहुन्छ । समानुपातिक भनेपछि माअोवादी, समावेशी भनेपछि माओवादी, गणतन्त्र भने पनि माओवादी देख्नुहुन्छ ।’
अध्यक्ष प्रचण्डले दुई तिहाइको घमन्ड गरे बङ्गलादेश र श्रीलङ्काको अवस्था आउनसक्ने बताए । उनले भने, ‘उहाँहरूले जतिबेला जे पनि गर्नुहुन्छ । कहिले संसद् नै भङ्ग गरिदिनुहुन्छ । त्यसैले दुई तिहाइको घमन्ड चाहिँ नगर्नुस् है, मैले भनेको छु । तपाईँ सुध्रिनुस् भनेको छु । राम्रो गर्नुभयो भने हामी समर्थन गर्छौ भनेको छु । दुई तिहाइको घमन्ड गर्नुहुन्छ भने बङ्गलादेश र श्रीलङ्का सम्झिनुस् भनेर सम्झाएको मात्रै हुँ ।’
प्रमुख प्रतिपक्षी दलका नेता समेत रहेका प्रचण्डले आफू सरकारबाट बाहिर निस्किँदै गर्दा उच्च मनोबलका साथ विजेताको रूपमा बाहिर आएको समेत बताए । तर उनले संसद्का दुई ठुला दल नेपाली कांग्रेस र एमाले भने डराई डराइ मिलेको टिप्पणी गरेका छन् ।
उनले भने, ‘कांग्रेस र एमाले मिल्दा असाध्यै रक्षात्मक रूपमा डराइ डराइ मिल्नुभएको छ । उहाँहरूले भन्नु भएको पर्लियामेन्टरी सिस्टममा पहिलो र दोस्रो पार्टी मिल्नु हुँदैन । कांग्रेस आई र बिजेपी मिलेर सरकार बनाएको छ त इन्डियामा ? रिपब्लिक र लिबरल मिलेर सरकार बनाएको छ त, चाहे बेलायत होस्, चाहे अमेरिकामा ? कहीँ नभएको काम उहाँहरूले गर्नुभएको छ डरका कारणले ।’
यसैबिच प्रचण्डले माओवादी फुट्छ भन्ने हल्ला भ्रम मात्रै रहेको बताएका छन् । आफूहरू झन् एकताबद्ध भएकाले र आफ्नो पार्टीभित्र मात्रै होइन बाहिर रहेको माओवादी घटक क्रान्तिकारी शक्तिहरूलाई एउटै पार्टी बनाएर लैजान सशक्त रूपमा लागेको पनि बताए ।
देशमा सुशासन र सामाजिक न्याय तथा भयानक आर्थिक सङ्कटलाई सामान्य बनाउनेतर्फ आफूहरू लागेको उनको भनाइ थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रातोपाटी ब्रिफिङ : पूर्वराजाको स्वागतमा समर्थकको लावालस्करदेखि कुलमानले बुझाए स्पष्टीकरणसम्म
-
विराट गोल्डकप : आर्मीलाई हराउँदै थ्रीस्टार फाइनलमा
-
जनप्रगतिशील मञ्च इजरायल : जोशीको संयोजकत्वमा आयोजक कमिटी गठन
-
जति तपस्या गरेपनि राजतन्त्र फर्किन सम्भव छैन : शर्मा
-
सशस्त्रका ३ जना डीआईजीलाई दर्ज्यानी चिन्ह प्रदान
-
मेचीनगर गोल्डकप : चर्च ब्वाइज सेमिफाइनलमा