संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गरौँ : कमल थापा

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले संविधानमा संशोधन गर्ने हो भने संघीय धर्मनिरपेक्ष गणतन्त्रको अवधारणामा पुनर्विचार गर्नुपर्ने बताएका छन् । पार्टीको काठमाडौँ–२ को क्षेत्रीय प्रशिक्षण कार्यक्रममा बोल्दै थापाले दुई दलीय व्यवस्था कायम गर्नुपर्छ भन्नेहरू प्रजातन्त्र विरोधी र निरंकुशताका पक्षधर भएको समेत उनले आरोप लगाए ।
समानुपातिक र समावेशी मान्यता कमजोर बनाउनु संविधानको भावना विपरीत भएको भन्दै थापाले सम्भावित सर्वसत्तावादको विरुद्ध आम नागरिक सचेत हुनुपर्ने समय आएको समेत टिप्पणी गरे । देश बचाउन र बनाउन राष्ट्रवादी शक्ति बलियो हुनुपर्ने भन्दै उनले पार्टीलाई स्थापित र निर्णायक शक्ति बनाउन कस्सिएर लाग्नुपर्नेमा जोड दिए ।
प्रशिक्षणमा डाक्टर विष्णु भण्डारी, वरिष्ठ अधिवक्ता विष्णु भट्टराई, राजाराम बर्तौला, बिश्नुगोपाल श्रेष्ठ, उज्वल पोखरेल लगायतले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री देउवासँग बिमस्टेकका महासचिवको भेट
-
चैत १५ को हिंसात्मक घटनाको सन्दर्भमा नेवाः समुदायको सामुहिक विज्ञप्ति
-
दलहरूको स्वार्थले बन्धक बन्यो बागमती प्रदेशसभा
-
नेकपा एस सुदूरपश्चिम प्रदेशको अध्यक्षमा लालबहादुर खड्का चयन
-
फोर्ब्सको नयाँ अर्बपति सूची सार्वजनिक, यी हुन् १५ सेञ्चुरी बिलिनियर्स
-
मोटर्स कम्पनीमा वाणिज्य विभागको अनुगमन, पाँच कम्पनीको बिक्री वितरण रोक्का