अमेरिकी दूतावासका मिसन उपप्रमुख ज्यासोनले भेटे कृषि मन्त्री अधिकारीलाई
![अमेरिकी दूतावासका मिसन उपप्रमुख ज्यासोनले भेटे कृषि मन्त्री अधिकारीलाई](https://npcdn.ratopati.com/media/news/agro-minister_9oz498YFaO.jpg)
काठमाडौँ । नेपालस्थित अमेरिकी दूतावासका मिसन उपप्रमुख ज्यासोन मिक्सले कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीसँग भेटेका छन् ।
युएसएआईडीका मिसन डाइरेक्टर मिस कटिई डोनोहोको साथमा उपप्रमुख ज्यासोनले कृषि मन्त्रालयमा मन्त्री अधिकारीसँगको भेटमा दुई देश (नेपाल र संयुक्त राज्य अमेरिका)बिचको आपसी सद्भाव, समझदारी, सहयोगका साथै विविध विषयमा छलफल गरेका छन् ।
अमेरिकाले सन् १९५० को दशक देखि नेपालको सामाजिक, आर्थिक विकासमा निरन्तर सहयोग गर्दै आएको बताउँदै अधिकारीले आगामी दिनमा कृषि क्षेत्रको विकासमा थप टेवा पुग्ने गरी आर्थिक सहयोगका लागि उनले अमेरिकी अधिकारीलाई आग्रह गरे ।
मन्त्री अधिकारीले विश्वव्यापी भोकमरीको अन्त्य गर्न योगदान गर्ने लक्ष्य लिएका धारणा राख्दै लक्ष्यहरू पूरा गर्न ठुलो लगानीको आवश्यकता पर्ने बताए । यसका लागि युएसएआईडीको पहलमा संयुक्त राज्य अमेरिका सरकारबाट आवश्यक भूमिका निर्वाह हुने पनि कुरा मन्त्री अधिकारीले राखेको बताइएको छ ।
नेपाल सरकारले चालु आर्थिक वर्ष २०८१/८२ को दशकलाई ‘कृषिमा लगानी दशक’घोषणा गरी सरकारी, निजी, सहकारी तथा विकास साझेदारको लगानी वृद्धि गर्ने लक्ष्य लिएको उल्लेख गर्दै मन्त्री अधिकारीले उत्पादनदेखि बजारीकरणसम्मको कृषि इकोसिस्टम सुधार कार्ययोजना कार्यान्वयन गर्ने पनि लक्ष्य लिएको जनाए । अमेरिकी सरकारको सहयोगमा चालु आर्थिक वर्षबाट सुरु हुन लागेको एग्रिकल्चर ट्रान्सफरमेसन आयोजनाको आई एल हस्ताक्षर गर्न केही समस्या परेको जानकारी आफूले पाएको जनाउँदै मन्त्री अधिकारीले बताए ।
आगामी दिनमा दुई देश र जनताको पारस्परिक हितका लागि मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउन नेपालले संयुक्त राज्य अमेरिकासँग द्विपक्षीय र बहुपक्षीय तहमा नजिकबाट काम गर्न तत्पर रहेको बताएका थिए ।
युएसएआईडी मिसन डाइरेक्टर डोनोहोले कृषिसहित नेपालको आर्थिक विकासमा आफूहरू सहकार्य गर्न तयार रहेको बताएकी थिइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
डीपीआरको अनियमितताबारे छानबिन गर्न माग
-
युवा तथा खेलकुद मन्त्रीले सच्याए ‘श्री ५ को सरकार’ लेखिएको त्रुटि
-
सीटीईभीटीका बोर्ड सदस्यकै कलेजको कन्तबिजोक, विद्यार्थीको बिचल्ली
-
पाँच वर्ष एउटै विद्यालयमा बिताएका शिक्षकको सरुवा गरिने
-
कोशी प्रदेशसभा : विधेयक सर्वसम्मतले पारित
-
पूर्वीनाकाबाट साढे १४ अर्बको कृषिजन्य वस्तु निर्यात