आइतबार, ०७ पुस २०८१
ताजा लोकप्रिय

‘वर एण्ड वधु’ प्रिमियरमा प्रतिक्रिया : आँखालाई शीतल बनायो

बिहीबार, १३ भदौ २०८१, १५ : २९
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । शुक्रबारदेखि देशभरका हलमा रिलिज हुन लागेको फिल्म ‘वर एण्ड वधु’ बुधबार साँझ ललितपुरको लाबिम मलमा भव्य प्रिमियर गरिएको छ । ‘रेड कार्पेट मिरर वाल्क’ प्रिमियर नाम दिइएको कार्यक्रममा फिल्मीकर्मी, पत्रकार र राजनीतिक व्यक्तित्वहरूको समेत उपस्थिति थियो ।

एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण भएको फिल्म हेर्नका लागि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य, नायिका मिरुना मगर, कलाकार पशुपति राई, निर्देशक ज्ञानेन्द्र देउजा, दीपाश्री निरौला, सुयोग गुरुङ, हाँस्य कलाकारहरु केदार घिमिरे, जितु नेपाल, निर्माता सरोज न्यौपाने, कलाकार उषा रजकलगायत हल पुगेका थिए ।

यस्तै, फिल्मका मुख्य कलाकारहरु आँचल शर्मा, किरण केसी, विवेक कर्मचार्य, कुसुम शर्मा, विजु पार्कीलगायत पनि प्रिमिएरमा सहभागी थिए ।

फिल्म हेरेपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले हरेक कोणबाट फिल्म उत्कृष्ट बनेको बताए । उनले सबैलाई फिल्म एकपटक हेर्न आग्रह गरे ।

वरिष्ठ कलाकारद्धय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठले पनि फिल्मको दृश्य, कथावस्तु, कलाकारको अभिनयको तारिफ गरे ।

फिल्म हेरेपछि निर्देशक दीपाश्री निरौलाले समग्रमा फिल्म उत्कृष्ट बनेको बताइन् । उनले आँखा शीतल हुने फिल्म हेर्न पाएकोमा खुसी व्यक्त गरिन् ।

कलाकार केदार घिमिरेले पनि फिल्म नै राम्रो बनेको प्रतिक्रिया दिए ।

निर्देशक सुयोग गुरुङले यस्तो फिल्म हेर्दा आफूलाई निकै रमाइलो लाग्ने भन्दै निर्देशक मिलन चाम्सले दर्शकको चाहना अनुसार फिल्म बनाएको प्रतिक्रिया दिए ।

नायिका मिरुना मगरले आँचल शर्मालाई यो भूमिका निकै सुहाएको प्रतिक्रिया दिइन् । 

भोलिदेखि रिलिजमा आउन लागेको फिल्मले मल्टिप्लेक्समा सुखद शो पाएको छ । यसैले, देशभरका दर्शकले यो फिल्मलाई रुचाउने विश्वास गरिएको छ ।

फिल्म मिलन चाम्सल निर्देशन गरेका हुन् । रोमान्टिक कमेडी जनराको फिल्म एलआरके इन्टरटेन्मेन्टको व्यानरमा निर्माण गरिएको हो । फिल्मका कार्यकारी निर्माता अमित रिजाल हुन् । फिल्मको छायांकन नेपाल, रोमानिया, फ्रान्स, इटाली र स्पेनमा गरिएको हो ।

फिल्ममा आँचल र विवेकको अलवा विजय लामा, किरण केसी, रविन्द्र खड्का, श्रृष्टी खड्का, हिमेश पन्त, कुसुम शर्मा, दिनेश काफुले, सिता न्यौपाने, अंशु महर्जन, सरिता लामिछाने, गरिमा शर्मा लगायतका कलाकारको समेत अभिनय छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप