प्रचण्डलाई शिक्षामन्त्रीको जवाफ, ‘विश्वविद्यालयमा प्रधानमन्त्रीको हस्तक्षेप भएको छैन’
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले विश्वविद्यालयमा प्रधानमन्त्रीको कुनै प्रकारको हस्तक्षेप नभएको बताएकी छन् । संसद्मा बोल्दै मन्त्री भट्टराईले विश्वविद्यालयमा प्रधानमन्त्री तथा सरकारको कुनै प्रकारको हस्तक्षेप नभएको प्रस्ट पारेकी हुन् ।
पूर्व प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुधबारको संसद् बैठकमा विश्वविद्यालयमा प्रधानमन्त्रीले हस्तक्षेप गरेको आरोप लगाएका थिए । प्रचण्डले विश्वविद्यालयमा योग्यता प्रणालीको सुरुवात भएको तर, प्रधानमन्त्रीबाट हस्तक्षेप भएको र शिक्षामन्त्रीबाट राजनीतिक हस्तक्षेपका लागि गुहारेको देखिएको बताएका थिए ।
त्यसको जवाफमा मन्त्री भट्टराईले भनिन्, ‘प्रधानमन्त्रीबाट कुलपतिको हैसियतले निर्देशन दिनेबाहेक विश्वविद्यालयमा कुनै पनि हस्तक्षेप गर्नुभएको छैन । मैले पनि प्रधानमन्त्रीलाई हस्तक्षेपका लागि गुहारेको छैन ।’
अहिले यो अवस्था आउनुमा शिक्षामा प्रणालीगत सुधार हुन नसक्नु रहेको उनको भनाइ छ । ‘विद्यार्थीले पढ्दै कमाउने अवसर हामीले दिन नसक्नु हो । देशमा सबै खाले श्रमको सम्मान नहुनु पनि हो । युवाहरूमा सजिलो रोजगारीको आकाङ्क्षा बढिरहेको छ । सजिलो रोजगारी पाउने अवस्था अझै हामीले सिर्जना गर्न सकिरहेका छैनौँ । यस्ता विषयलाई राजनीतिक नारा मात्रै नबनाई, राजनीतिक प्रणालीले नै सम्बोधन गर्नुपर्छ,’ उनले भनिन ।
विद्यमान नियम कानुन बमोजिम कुलपति र सहकुलपतिका हैसियतले प्रधानमन्त्री र शिक्षामन्त्रीले आवश्यक निर्देशन दिने काम संयुक्त रूपमा हुँदै आएको उनको भनाइ छ ।
विश्वविद्यालयका व्यवस्थापकीय कार्यमा सरकारले कुनै पनि हस्तक्षेप नगरेको प्रस्ट पारेकी हुन् । राजनीतिक प्रतिबद्धता र कानुनी शासनलाई विश्वविद्यालयभित्र नस्विकारेको खण्डमा विश्वविद्यालयहरू हस्तक्षेपकारी अवस्थामा पुग्ने बताइन् । यसका लागि उनले संसद्लाई समेत जानकारी गराइन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
दुई पटक संशोधन हुँदा पनि कार्यान्वयन हुन सकेन कर्णाली सरकारको महत्त्वाकाङ्क्षी योजना
-
महोत्तरीका सीमा क्षेत्रमा स्थानीय प्रशासनको अनुगमन
-
लन्डनमा घट्यो क्रिसमसको रौनक, सुनसान छन् रेस्टुरेन्ट (तस्बिरहरू)
-
जाडोमा भक्का बेचेर खर्च जुटाउदै महिला
-
पर्वहरूले सामूहिक भावना विकसित गर्न सहयोग पुर्याउँछन् : सभापति देउवा