प्रचण्डले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काए : गगन थापा
बिहीबार, १३ भदौ २०८१, १४ : ४२

काठमाडौँ । सत्ता साझेदार दल नेपाली कांग्रेसका महामन्त्री समेत रहेका सांसद गगन थापाले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल बंगलादेश वा श्रीलंका बन्छ भनेर धम्काएको बताएका छन् ।
बिहीबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै उनले ११ गतेको संसद् बैठकमा धर्ममा विश्वास नगर्ने प्रचण्डले श्राप दिएको त हैन होला भन्ने टिप्पणी गरेका हुन् ।
‘यत्रो वर्ष देश चलाएर आएका नेताले यत्रो महत्त्वपूर्ण दलले ख्याल गर्नुपर्छ भने उ सरकारको मात्र अपोजीसन हो । यो सिस्टमको भाग हो‚’ उनले भने‚‘क्षणिक कुरा पुरा गर्न र अन्तर्विरोधमा खेल्न यति धेरै बरालिनु हुन्न कि आफैँले लगाएको आगोले आफैलाई जलाउँछ ।’
उनले उत्तेजनाको राजनीतिक सजिलो चेतनाको राजनीति गाह्रो हुने भन्दै उत्तेजनाको राजनीति बिक्छ भनेर सबै त्यसैको पछि लागेको बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पर्सामा लागुऔषध रोकथामसम्बन्धी तीन महिने सचेतनामूलक कार्यक्रमको शुभारम्भ
-
‘योजनामा हुने बेथितिको अन्त्य गर्न कानुन बनाएर सरकारले काम गरिरहेको छ’
-
पकली खानेपानीमा कांग्रेस-एमाले गठबन्धन पराजित गर्दै माओवादीका उम्मेदवार विजयी
-
सरकारले हलुका रूपमा लियो कि शिक्षकहरूले मानेनन् ?
-
स्वदेशी उत्पादनको प्रवर्द्धन नै आत्मनिर्भर अर्थतन्त्रको मेरुदण्ड हो : उद्योग मन्त्री
-
भारतले बङ्गलादेशलाई दिँदै आएको ट्रान्ससिपमेन्ट सुविधा खारेज, नेपाललाई असर नपर्ने