बुधबार, १० पुस २०८१
ताजा लोकप्रिय

विद्यार्थी असफल हुँदा त्यसको जिम्मेवारी सरकारले लिनुपर्छ : शिक्षामन्त्री

बिहीबार, १३ भदौ २०८१, १४ : ३९
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विद्यार्थीको नतिजा कमजोर हुनुको कारण सरकार नै हुने बताएकी छन् । प्रतिनिधिसभा बैठकमा बोल्दै शिक्षामन्त्री भट्टराईले कक्षा १० र कक्षा १२ को नतिजा कमजोर हुनुमा सरकार नै जिम्मेवार हुने बताएकी हुन् । 
सांसद रोशन कार्कीले एसईई र कक्षा १२ को परीक्षाको नतिजामा विद्यार्थीहरू असफल हुँदा त्यसको जिम्मेवारी कसको भन्दै शिक्षा मन्त्रीलाई प्रश्न गरेका थिए । त्यसको जवाफमा मन्त्री भट्टराइले भनिन्, ‘विद्यार्थीहरू असफल हुँदा पूर्ण रूपमा जिम्मेवारी सरकारले लिनुपर्छ ।’

शैक्षिक व्यवस्थापनको जिम्मा लिएको सरकार, त्यसमा संलग्न सरकार नै भएकाले त्यसको जिम्मेवारी सरकारले लिनैपर्ने उनको भनाइ छ ।  ‘प्रयाप्त शिक्षकको अभावका कारण, तल्लो तहका शिक्षकले माथिल्लो तहमा शिक्षण गर्नुपर्ने अवस्था छ । बोझिलो पाठ्यक्रम । पुरातन परीक्षा प्रणाली । सामाजिक विकासका पक्षलाई भन्दा भौतिक पूर्वाधारलाई विकासको सूचक मान्ने हाम्रो मान्यता । यी सबै विषयहरू न्यून नतिजाका कारण हुन,’ उनले भनिन् । 

कक्षा १० र १२ मा कमजोर नतिजा आउनुमा आधारभूत शिक्षामा उपलब्धी मुलुक सिकाइ नहुनु पनि रहेको उनको भनाइ छ ।  संसदमा विचाराधीन रहेको विद्यालय शिक्षा विधेयक तुरून्तै पारित गर्न सकियो भने, यसलाई आधार मानेर कार्यान्वयन गर्न सकियो भने शिक्षा क्षेत्रमा सुधार गर्न सकिने उनको भनाइ छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप