अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान : मन्त्री दाहाल
काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले नेपालको अर्थतन्त्रमा अटोमोवाईल्स क्षेत्रको महत्त्वपूर्ण योगदान रहेको बताएका छन् । बिहीबार नाडा अटोमोवाईल्स एसोसिएसन अफ नेपालद्वारा काठमाडौँको भृकुटीमण्डपमा आयोजित नाडा अटो शोको अवलोकन गर्दै उनले यस क्षेत्रको विकासका लागि मन्त्रालय प्रतिबद्ध रहेको पनि बताए ।
देशको यातायात, अर्थतन्त्र र रोजगारीमा अटोमोवाईल्स क्षेत्रले महत्त्वपूर्ण सहयोग पुर्याईरहेको उनको भनाई थियो । जनतालाई आधुनिक, सुलभ र सुरक्षित अटोमोवाईल्स सेवा पुर्याउन मन्त्रालय नाडासँग सहकार्यका लागि तयार रहेको समेत उनले उल्लेख गरे ।
अटोमोवाईल्स तथा यससँग सम्बन्धित उद्योग तथा व्यवसायले नेपालमा नै स्वरोजगारी समेत सिर्जना गरिरहेको भन्दै मन्त्री दाहालले प्रविधिमैत्री संरचना निर्माणलाई पनि मन्त्रालयले ध्यान दिने बताए । भदौ ११ देखि १६ गतेसम्म आयोजित अटो शो अवलोकनका लागि मन्त्री दाहालसँगै मन्त्रालयका सचिव केशवकुमार शर्मा लगायतका अधिकारीहरूको सहभागिता रहेको थियो ।
एसोसिएसनका अध्यक्ष करण चौधरी लगायतले अटो शो तथा नेपालमा अटोमोवाईल्स क्षेत्रका विभिन्न समस्या र सम्भावनाबारे मन्त्री दाहाललाई जानकारी गराएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रेलरमा यस्तो देखियो फिल्म ‘ताण्डवम्’
-
सप्तरीमा रु चार अर्ब लगानीमा छवटा उद्योग खोलिदै
-
अदूरदर्शी पोखराका जनप्रतिनिधि : लामे आहालको म्याद सकियो, पोखराको फोहोर ५ दिनदेखि सडकमै
-
मुस्ताङको लुरी गुम्बा ओझेलमा
-
प्रतिनिधिसभा बैठक बस्दै, के-के छन् कार्यसूची ?
-
स्टील र आल्मुनियममा २५ प्रतिशत आयातकर लगाउने ट्रम्पको घोषणा, अस्ट्रेलियाप्रति नरम