बागमती प्रदेशमा राजस्व सङ्कलनमा वृद्धि
काठमाडौँ । बागमती प्रदेश सरकारमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत आर्थिक वर्ष ०७९/८० को भन्दा आर्थिक वर्ष ०८०/८१ मा ४ दशमलव ७२ प्रतिशतले राजस्व सङ्कलन वृद्धि भएको हो ।
बागमती प्रदेशको आर्थिक मामिला तथा योजना मन्त्रालयको तथ्याङ्क अनुसार आर्थिक वर्ष ०८०/८१ मा २५ अर्ब ५० करोड ४२ लाख सङ्कलन भएको हो । आर्थिक वर्ष ०७९/८० मा २४ अर्ब ३५ करोड ४२ लाख राजस्व सङ्कलन गरेको बागमती प्रदेश सरकारले आर्थिक वर्ष ०८०/८१ मा एक अर्ब १५ करोडभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको हो ।
बागमती प्रदेश सरकार अन्तरगत कोष तथा लेखा नियन्त्रक कार्यालय प्रमुख हरिप्रसाद उपाध्यायले लक्ष्यअनुसार नै राजस्व सङ्कलन भएको जानकारी दिए । उनले भने, ‘घरजग्गा रजिस्ट्रेसन ‘मालपोत’ र सवारी साधन करमा केहि कमी आएको छ । आर्थिक तरलताका कारण घरजग्गा तथा नयाँ सवारीसाधन खरिद बिक्री कारोबारमा सोचेजस्तो राजस्व सङ्कलन नभएता पनि तुलनात्मक रूपमा गत आर्थिक वर्षभन्दा ४ दशमलव ७२ प्रतिशत वृद्धि हुनु भनेको सन्तोषजनक नै हो ।’
विशेषतः प्रदेशमा घरजग्गा रजिस्ट्रेसन ‘मालपोत’ र सवारी साधन कर प्रदेश सरकारको राजस्व सङ्कलनको मुख्य आयस्रोत मानिन्छ । प्रदेश सरकारको आर्थिक मामिला तथा योजना मन्त्रीको रूपमा कुन्दनराज काफ्लेले जिम्मेवारी सम्हालेपछि प्रदेशको अर्थतन्त्र थप सकारात्मक रूपमा चलायमान भएको उपाध्यायको भनाई छ ।
मन्त्रालयको तथ्याङ्क अनुसार दुवै शीर्षकबाट आर्थिक वर्ष २०८०/८१ मा रु १४ अर्ब राजस्व सङ्कलन हुने अनुमान गरिएकामा रु ११ अर्ब ६० करोड ७६ लाख ५० हजार मात्र राजस्व सङ्कलन भएको जनाएको छ । त्यस्तै, घरजग्गा रजिस्ट्रेसन शीर्षकबाट ६ अर्ब ७५ करोड राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा त्यसको करिब ८१ दशमलव ३२ प्रतिशत अर्थात् रु पाँच अर्ब ४८ करोड ९३ लाख ३८ हजार राजस्व सङ्कलन भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सांसदको प्रश्न : हेटौँडा सिमेन्ट उद्योग कहिले सञ्चालन हुन्छ ?
-
महिलाको डिम्बासयबाट १८.६ किलोको ट्यूमर निकालियो
-
विपिन जोशीको रिहाइका लागि सभामुखद्वारा अरब संसद्का अध्यक्षलाई पत्र
-
आरक्ष विस्थापितको समस्या समाधान गर्न सरकारसँग साउदको माग
-
अतिरिक्त शुल्कको मार : डिजिटल भुक्तानी निःशुल्क गर्न सांसदको ध्यानाकर्षण
-
घरेलु मैदानमा सान्त्वना जितको खोजीमा रहेको नेपालले थाइल्यान्डलाई दियो ८२ रनको लक्ष्य