सांसद केसीको प्रश्न : नागरिक उड्ड्यन र हवाई सेवा छुट्टै बनाउने विधेयक कता पुग्यो ?
बिहीबार, १३ भदौ २०८१, १४ : ००

काठमाडौँ । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले नेपाल नागरिक उड्ड्यन प्राधिकरण र हवाई सेवा प्राधिकरण छुट्टै बनाउने विधेयक कता पुग्यो भनि प्रश्न गरेका छन् ।
बिहीवारको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपाली जहाज आइकाओ र युरोपियन युनियनको प्रतिबन्धमा पर्नुको कारण के हो भनि सोधेका हुन् ।
‘नेपाली जहाज झण्डै ११ वर्षदेखि इयुको आकाशमा प्रतिबन्धित छन् । आइकाओ र युरोपियन युनियन सेफ्टी एजेन्सीको प्रतिबन्धको कारण के हो ?,’ उनले प्रश्न गरे ।
राष्ट्रिय प्रतिष्ठाको विषयमा सरकार लाचार भएको उनको आरोप छ । उनले प्रत्येक घटनामा छानबिनका लागि प्रतिवेदन बनेपनि त्यसको कार्यान्वयन नहुने बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नक्कली डीएसपी परे प्रहरीको फन्दामा
-
संसद्को अधिवेशनबाट शिक्षा ऐन जारी गर्नेगरी काम अगाडि बढेको छ : महासचिव पोखरेल
-
ग्लोबल आइएमईबाट वैदेशिक शिक्षा तथा भाषा परीक्षा शुल्कको अनलाइन भुक्तानी गर्दा ५० प्रतिशत छुट
-
सर्वोच्च अदालतद्वारा वीरगञ्जको मुख्य सडक विस्तार विरूद्धको रिट खारेज
-
राजविराजमा होली पर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम
-
प्राधिकरणको केन्द्रीय कार्यालय भवनमा इजलास सञ्चालन गरिने