थापागाउँमा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक
बिहीबार, १३ भदौ २०८१, १३ : ५०

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कमिटी बैठक सुरु भएको छ । थापागाउँस्थित अर्पण बैंकेटमा सो पार्टीको प्रथम केन्द्रीय कमिटीकाे पूर्ण बैठक सुरु भएको हो ।
बैठकमा नेताहरूको कार्य विभाजन र भावी कार्ययोजना तय गर्ने बताइएको छ । बिहीबारको बैठक भदौ ९ देखि जारी केन्द्रीय समिति बैठकको निरन्तरता भएको बताइएको छ ।
गत असारमा १०औँ महाधिवेशन गरेको एकीकृत समाजवादीले ३४४ जना केन्द्रीय सदस्यहरूमध्येबाट १७ जना पदाधिकारी र ८४ जना पोलिटब्युरो सदस्य छनोट गरेको थियो । बैठकमा पदाधिकारी र पोलिटब्युरो सदस्यहरूको औपचारिक घोषणा हुनेछ ।
आगामी कार्ययोजनामा प्रदेश र जिल्ला अधिवेशनसहित नेताहरूको कार्य विभाजन समेत गर्ने सो पार्टीका नेताहरूले बताएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : फुङलिङमा आन्दोलनरत पक्ष र प्रहरीबीच झडपदेखि कुलमान र उर्जामन्त्री खड्काबीच चुलिँदो विवादसम्म
-
देशलाई समृद्ध बनाउने मुख्य आधार युवा जनशक्ति : स्वास्थ्यमन्त्री पौडेल
-
झापा–११ सेमिफाइनलमा प्रवेश
-
इटहरी गोल्डकपः उपाधि काठमाडौंको मच्छिन्द्र क्लबलाई
-
युरोपेली आगोगकी अध्यक्ष भोन डेर लेयेनले आगामी हप्ता भारत भ्रमण गर्ने
-
राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समीकरण पूरा