रास्वपाका सहमहामन्त्री क्यानका डीजी जोगाइदिनुपर्यो भन्दै आउनुभयो : सांसद बजगाईं
काठमाडौँ । कांग्रेस सांसद राजेन्द्र बजगाईंले नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का डीजी प्रदीप अधिकारीलाई जोगाउन रास्वपाले पहल गरेको आरोप लगाएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै उनले क्यानका डीजी रास्वपा सभापति रवि लामिछानेको निर्वाचन क्षेत्रको (रास्वपाको) मान्छे भएको र जोगाइदिन भन्दै सहमहामन्त्री आफूकहाँ आएको बजगाईंले बताए ।
‘क्यानको विषयमा यहाँ छलफल हुँदैछ । करिब १३ जना प्रतिपक्ष दलको सांसदले सार्वजनिक महत्त्व दर्ता गराउनुभएको छ‚’ उनले भने‚‘ यसै पार्टीका सहमहामन्त्री हतारिएर मेरो ठाउँमा आउनुभयो । क्यानका डीजी जोगाउन भन्दै । उहाँ हाम्रो निर्वाचन क्षेत्रको मान्छे रवि लामिछानेजी निर्वाचित क्षेत्रको मान्छे जोगाउनुपर्यो भन्दै अचानक आउनुभयो ।’
बजगाईंले प्रश्न गर्दै थपे‚ ‘म प्रश्न गर्न चाहन्छु यो द्वैध चरित्रले देश कहाँ पुग्छ ? नयाँ पार्टीसँग यत्रो ठुलो आशा छ जनताको भरोसा छ भनिएको छ यस्तो डबल स्ट्यान्डर्ड हाम्रो देशमा नयाँ पार्टीबाट हुन्छ भन्ने मैले कहिल्यै कल्पना गरेको थिइनँ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
यस्तो छ आज तरकारी तथा फलफूलको मूल्यसूची
-
विद्यार्थीलाई ‘ज्याकेट’ वितरण
-
लाभा सहकारीमा मिटरब्याजको धन्दा, ब्याज तिर्दातिर्दै थाके ऋणी
-
गोरखा नगरपालिकाद्वारा ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ सेवा
-
बेलढुङ्गा–पञ्चकोट साइकल लेन : बजेट अभावले काम रोकियो
-
मृत अवस्थामा फेला परेकी तिनमायाको हत्या ज्वाइँले गरेको खुल्यो