सीटीईभीटीको पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्छ: मन्त्री भट्टराई

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) पाठ्यक्रम समय अनुसार निर्माण गर्नुपर्ने बताएकी छन् ।
बिहीबार काठमाडौँमा आयोजित शिक्षा र रोजगार सम्बन्धबारे राष्ट्रिय सम्मेलनमा उनले सीटीईभीटी सम्बन्धी नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनाउनुपर्ने बताइन् ।
उनले भनिन्, ‘सीटीईभीटीलाई पुनर्संरचना कसरी गर्ने भन्ने कुरा समितिमा नै छ, त्यसमा नीतिलाई नै पुनर्निर्माण गर्न नसके पनि कम्तिमा सीटीईभीटीलाई अहिलेको अवस्था सुहाउने पाठ्यक्रमको केही धारणा बनायौ भने राम्रो हुन्छ । विचाराधीन रहेको ऐनमा पनि सुझाव दिन सकिन्छ । सीटीईभीटीको पाठ्यक्रमलाई छलफल गरेर नयाँ तरिकाले निर्माण गर्नुपर्छ भन्ने लाग्छ । यसको लागि दुईवटा टिम बनाएर काम अगाडि बढाएका छौ ।’
यस्तै, उनले वर्तमान अवस्थासम्म आइपुग्दा पनि नीति खास संशोधन नभएको भन्दै अझै पनि पुरानै नीतिबाट सबै कामहरू भइरहेको बताइन् ।
युवाहरूलाई देशमा राख्नको लागि धेरै काम गर्न बाँकी रहेको उल्लेख गर्दै शिक्षालाई सबल बनाउने हो भने प्रतिस्पर्धी विद्यार्थी र जनशक्ति तयार गर्न सक्नुपर्ने पनि उनको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा एक महिला मृतावस्था फेला
-
प्रथम राष्ट्रिय सम्मेलनपूर्व क्रान्तिकारी युवा संगठनको र्याली
-
सवारीसाधन खरिदमा राष्ट्र बैंकको कडाइ, ‘हायर पर्चेज’को डाउन पेमेन्ट दोब्बर
-
आज साँझ जनमत पार्टीको बैठक बस्दै
-
‘मायाप्रीति’मा जोडी बन्दै आशीर्वाद र दिव्या
-
अन्तिम समयमा आएर किन रोकियो प्राधिकरणले ल्याउने भनेको श्वेतपत्र ?