अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाबारे नीति प्रतिष्ठानसँग छलफल गर्दै मन्त्रालय
काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले ऐन जारी भएको ६ वर्षपछि अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयन कार्ययोजनाको मस्यौदा तयार पारेको छ । उक्त मस्यौदामाथि वेबसाइटमार्फत आवश्यक सुझाव माग गरिएको छ ।
मन्त्रालयले उक्त मस्यौदामाथि नीति अनुसन्धान प्रतिष्ठानसँग समेत छलफल गर्ने भएको छ । यही भदौ १९ गते मन्त्रालय र प्रतिष्ठानबिच छलफल हुन लागेको हो ।
उक्त कार्ययोजना मस्यौदममा स्थानीय तहभित्रका बालबालिकाको आधारभूत शिक्षासम्मको पहुँचको अवस्था यकिन गर्ने, विद्यालय नक्साङ्कन गर्ने, विद्यालयको सेवा क्षेत्र तोक्ने लगायतका मुख्य विषय रहेका छन् ।
त्यस्तै स्थानीय तहले शिक्षा योजना निर्माण गर्ने, साझेदारीको ढाँचा विकास गर्ने, शिक्षा कोषको स्थापना गर्न सक्ने, विशेष अभियान सञ्चालन गर्ने, अनुगमन सूचक तयार गर्ने समुदाय परिचालन र अभिभावक सहयोगलाई व्यवस्थित बनाउने, सबै प्रकारका समितिलाई क्रियाशील बनाउने लगायतका विषयहरू छन् ।
अनिवार्य तथा निःशुल्क शिक्षा ऐन २०७५ सालमा जारी भएको थियो । ऐन जारी भएको ६ वर्षपछि कार्यान्वयनका लागि कार्ययोजनाको मस्यौदा बनेको हो । ऐनले २०८५ पछि कोही पनि निरक्षर हुँदैनन भन्ने परिकल्पना गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
चिसापानी–गड्डा चौकी सडकखण्ड ६ लेनको बन्छ : परराष्ट्रमन्त्री
-
प्रहरी जवानलाई कुटपिट गर्ने चार युवक पक्राउ
-
वन्यजन्तुको बसाइ गाउँबस्ती नजिक, स्थानीय जनता प्रभावित
-
नेपाल–भारत अन्तरदेशीय प्रसारण लाइन निर्माणको ‘मोडालिटी’ तयार गरिँदै
-
पशुपति क्षेत्रमा महाशिवरात्रिको तयारी
-
उपेन्द्रलक्षित प्रचण्डको टिप्पणी- मुद्दा नै छोडेर खाली सरकारको निम्ति जानुहुन्छ जस्तो मलाई लाग्दैन