कोदोको पिठोबाट बिस्कुट उत्पादन
![कोदोको पिठोबाट बिस्कुट उत्पादन](https://npcdn.ratopati.com/media/news/kodi_29LoPCfySV.png)
विराटनगर । विराटनगरको एसियन बिस्कुट इन्डस्ट्रिजले कोदोको पिठोबाट बिस्कुटको उत्पादन र बजारीकरण गर्न थालेको छ । नेपालमा कर्पोरेट लेभलबाट पहिलो पटक आफूहरूले कोदोको बिस्कुट उत्पादन सुरु गरेको एसियन विज्ञप्तिमार्फत जनाएको छ ।
पश्चिम नेपालमा घरेलु र लघु उद्योगस्तरमा स्थानीय उत्पादनका रूपमा यस्तो बिस्कुटको उत्पादन हुँदै आएकोमा एसियनले एकै चोटि देशभरि नै बजारीकरण र निर्यात समेत गर्ने उद्देश्यले अटोमेटिक मेसिनबाट ठुलो परिमाणमा कोदोको बिस्कुटको उत्पादन गर्न थालेको जनाएको छ।
उद्योगले नेपालका कच्चा पदार्थको प्रवर्धन र मानव स्वास्थ्यलाई दृष्टिगत गर्दै कोदोको पिठोबाट बिस्कुटको उत्पादन सुरु गरेको बताएको छ । उद्योगका सञ्चालक आशिष् जाजूले यस बिस्कुटको मुख्य कच्चा पदार्थ नेपालकै पहाडी क्षेत्रको उत्पादन कोदो भएको बताए ।
बिस्कुटलाई सुगन्धित बनाउन इलामको अर्को उत्पादन अलैँचीको धुलो पनि मिसाइएको छ। साथै फाइबरयुक्त बनाउन ओट्स मिसाइएको छ भने सुगन्ध र स्वादमा वृद्धि गर्न दालचिनीको धुलो पनि हालिएको कम्पनीले जनाएको छ ।
सञ्चालक जाजूले कोदोको बिस्कुट मधुमेहका बिरामीले सन्तुलित रूपमा प्रयोग गर्न सक्ने, यसले इम्युनिटी वृद्धि गर्ने र पाचन प्रणालीमा पनि सुधार गर्ने दाबी गरे । उद्योगले ५० ग्रामको बिस्कुटको खुद्रा बिक्री मूल्य २५ रुपैयाँ राखेको छ।
जाजूले यसलाई भारत निर्यातका लागि काम सुरु भइसकेको पनि बताए।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पछिल्लो आठ पालीमा एक शतक, ६ अर्धशतक र पाँच सयभन्दा बढी रन
-
ट्रम्पले भने, ‘प्यालेस्टिनीहरूलाई आफ्नो देशमा राख्न अस्वीकार गर्ने देशहरूको सहयोग रोक्छु’
-
मस्कको ओपन एआई किन्ने प्रस्ताव अस्वीकार गर्दै अल्टम्यानले दिए ‘एक्स’ किन्ने अफर
-
अण्डा भन्दा बढी प्रोटिन पाइन्छ यी दुई शाकाहारी खानामा
-
क्यान टुक्र्याउने विधेयकको विपक्षमा पर्यटनमन्त्रीलाई ज्ञापन, आकाश ठप्प पार्ने चेतावनी
-
शान्दार म:म: पसलको ग्यास विस्फोटमा परेका दुई जनाको मृत्यु