ताइफुनका कारण जापानमा एकै परिवारको तीन जनाको मृत्यु

टोकियो । दक्षिणी जापानमा तीन जनाको मृत्यु भएको छ । शक्तिशाली ताइफुनका कारण गएको पहिरोमा परेर एकै परिवारको तीन जनाको मृत्यु भएको बताइएको छ । दक्षिणी जापानको क्युशु टापुमा स्थानीय समयअनुसार बिहान ८ बजेतिर शानशान ताइफुन आपुगेको जापानको मौसम विभाग (जेएमए)ले भनेको छ ।
एजेन्सीले ताइफुनबारे दुर्लभ जारी गर्ने विशेष चेतावनी पनि जारी गरेको थियो । टापुमा प्रतिघन्टा २५२ किमिको दरले आँधी चलेको थियो । ताइफुनको प्रकोपबिच ७० वर्ष उमेर समूहका एक दम्पती र ३० वर्ष उमेर समूहका एक पुरुषको निधन भएको थियो ।
यी तीनै जना एउटै परिवारको भएको बताइएको छ । परिवारका अन्य दुई सदस्यको भने उद्धार गरिएको स्थानीय समाचार च्यानल एनएचकेले भनेको छ । गएको २४ घनमा क्युशुको केही क्षेत्रमा ६०० एमएम जति पानी परेको थियो । साढे २ लाखभन्दा बढी घर बिजुलीविहीन छन् ।
आँधीका कारण रुखहरू ढलेको, घरका छानाको टायल उडाएको अनलाइनमा पोष्ट भएका भिडियोले देखाएका छन् । ताइफुनका कारण कागोशिमा र मियाजाकीमा कम्तिमा ३९ जना घाइते भएको बताइएको छ । बिहिबार टोयोटा र निशान लगायत मुख्य कार निर्माताहरूले कर्मचारीको सुरक्षालाई उद्धृत गर्दै आफ्नो कारखाना बन्द गरेका छन् । दक्षिणी जापानतर्फ आउने जाने सयौँ उडान रद्द भएका छन् । उच्च गतिको केही रेल सेवा पनि बन्द गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हङकङसँग २ रनले हार्यो नेपाल
-
श्रम तथा रोजगार सम्मेलन : १० वर्षपछि कोही पनि वैदेशिक रोजगारीमा जान नपर्ने अवस्था ल्याउने सरकारको लक्ष्य
-
कुलमानको स्पष्टीकरण पत्र क्याबिनेटमा मात्रै खोलिने, ऊर्जा सचिव भन्छन्– अब हाम्रो भूमिका छैन
-
काठमाडौँका यी स्थानमा २ महिने निषेधाज्ञा
-
नागरिक उन्मुक्तिसँग एकीकरण गर्ने जनमतको निर्णय
-
प्रचण्ड र माधवले एकैसाथ भने– मुटु हल्लिएको छैन, इतिहासको रथ पछि फर्किँदैन