सुदेश पराजुलीले ल्याए पोलिटब्युरोमा उत्कृष्ट मत, घिमिरे र गौतम पनि निर्वाचित
बिहीबार, १३ भदौ २०८१, ११ : ५०
_d2NYYNvfa4.png)
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को ८४ सदस्यीय पोलिटब्युरो सदस्यमा युवा पुस्ताबाट नेता सुदेश पराजुलीले उत्कृष्ट मत प्राप्त गर्न सफल भएका छन् ।
एकीकृत समाजवादीको पदाधिकारी र पोलिटब्युरो सदस्य छान्न मंगलबार भएको मतदानमा पराजुली १५४ उत्कृष्ट मतसहित पोलिटब्युरो सदस्यमा निर्वाचित भएका हुन् । त्यसैगरी दोस्रोमा अशेष घिमिरे र तेस्रोमा मोहन गौतमले क्रमशः १५२ र १५१ मत प्राप्त गर्दै पोलिटब्युरो सदस्य निर्वाचित हुन पुगेका छन् ।
पराजुली, घिमिरे र गौतम तीनै जना युवा पुस्ताका नेता हुन् । १७ पदाधिकारी र ८४ पोलिटब्युरो छान्न ३४४ जना केन्द्रीय सदस्यले मतदान गरेका थिए ।
यसैगरी पुराना नेतामध्येमा मकवानपुरका विरोध खतिवडा सबैभन्दा धेरै २०१ मत पाएर पोलिटब्युरो सदस्यमा निर्वाचित भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तीनकुने घटनामा ३० जनालाई ५ दिन हिरासतमा राख्न अदालतको अनुमति
-
विधिवत विदा भएको राजतन्त्र फर्कने सम्भावना छैनः डा. भट्टराई
-
राजाको शासन कस्तो हुन्छ भनेर राजावादीहरूले तीनकुनेमा चरित्र देखाए : गृहमन्त्री लेखक
-
उद्योगमा लोडसेडिङ अन्त्य भएको भन्दै नेपाल धागो उत्पादक संघ हर्षित
-
आगजनी तथा लुटपाटका घटनाप्रति चेम्बरको आपत्ति
-
राजावादीको आन्दोलनमा सरकारी गाडी जलेपछि कर्मचारी निलम्बन, छानबिन समिति गठन