आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

म प्रधानमन्त्री बन्ने लाइनमा छैन : परराष्ट्रमन्त्री राणा

बिहीबार, १३ भदौ २०८१, ११ : २३
बिहीबार, १३ भदौ २०८१

धनगढी । नेपाली कांग्रेसकी नेतृ एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले आफू प्रधानमन्त्री बन्ने लाइनमा नरहेको बताएकी छिन् ।

बिहीबार धनगढीस्थित आफ्नै निवासमै पत्रकार सम्मेलन गर्दै उनले सो कुरा बताएकी हुन् ।

उनले भनिन्, ‘बाहिर मेरो बारे जे जस्तो भए पनि पार्टीभित्र मेरो हैसियत के छ भन्नेबारे म जानकार छु । प्रधानमन्त्री ज्यूले आफ्नै पार्टीका महिलालाई प्रधानमन्त्री बनाउने कुरा गर्नुभएको होला ।’

 उनले कांग्रेस पार्टीभित्र थुप्रै नेताहरू प्रधानमन्त्रीका लागि योग्य भएको बताउँदै आफू त्यसको लाइनमा नभएको बताइन् ।

त्यस्तै परराष्ट्रमन्त्री देउवाले दुई ठुला दल मिलेर सरकार बन्नु अनौठो नभएको बताएकी छिन् । उनले भनिन्, ‘देश समस्यामा परेको समयमा ठुला दलकै सरकार बनेको छ । सरकार अस्थिर हुँदा विकासको गति र समृद्धिको चाहना पूरा नभएकोले अहिलेको सरकार बनेको हो । स्थिर सरकारकै लागि हामी मिलेका हौँ ।’

मन्त्री देउवाले अहिलेको सरकारको एउटा उद्देश्य संविधानको संशोधन पनि भएको बताइन् । तर, संविधानको मूलभूत सिद्धान्त परिवर्तन नहुने उनको दाबी थियो ।  उनले दुई ठुला दलको सरकार ०८४ सम्म कायमै रहने समेत उल्लेख गरिन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप