स्पेनमा खेलियो गोलभेँडाको ‘होली’
![स्पेनमा खेलियो गोलभेँडाको ‘होली’](https://npcdn.ratopati.com/media/news/capture_a0jfqOCXIf.png)
बुनोल । पूर्वी स्पेनको बुनोल सहर बुधवार मानिसहरूले गोलभेँडाको होली खेलेका छन् । परम्परागत टोमाटिना पर्वमा सेतो वस्त्र लगाएका झन्डै २२ हजार सहभागीहरूले पाकेको गोलभेँडा एक अर्कालाई फ्याकेर रमाइलो गरेका थिए ।
सहरको सडक र मान्छेको जिउँभरि गोलभेँडाको रस लतपत थियो । हरेक वर्ष अगस्टको अन्तिम हप्तामा भेलेन्सियाको पश्चिममा ४० किमी पर रहेको बुनोलमा टोमाटिना पर्व मनाइन्छ । पर्वका लागि यस पटक सात ओटा ट्रकमा करिब १५० टन पाकेको गोलभेँडाको व्यवस्था गरिएको थियो । एक दुई घण्टासम्म सहभागीहरूलाई आफूमाथि गोलभेँडा फ्याका फ्याक गरेका थिए ।
यो पर्वमा सहभागी हुन बर्सेनि विश्वभरबाट सयौँ पर्यटक बुनोल पुग्ने गरेका छन् । बुनोलमा सन् १९४५ को अगस्ट २८ मा एउटा झगडाबाट यो पर्व जन्मिएको हो । त्यतिबेला एउटा परेड भइरहेको थियो । परेडलाई नजिकबाट नियाल्ने कोशिशमा युवाहरूले परेडमा सहभागी एक जनालाई धक्का दिए ।
त्यसपछि नजिकै रहेको ठेलाबाट मान्छेहरूले गोलभेँडा उठाएर हाना गर्न थाले । यस घटनामा प्रहरीले नै हस्तक्षेप गर्नु पर्यो ।
अर्को वर्ष युवाहरूले सोही घटनाको सम्झनामा गोलभेँडा हानाहान गरे । त्यसपछि हरेक वर्ष अगस्ट २८ मा यस्तै गतिविधि हुन् थाल्यो । तर सन् १९५० को दशकमा यसमा बन्देज लगाइयो । तर सन् १९५९ मा केही नियम सहित यसलाई पुनः सुचारु गरियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ट्रम्पको थप 'उट्पट्याङ' : गाजामा प्यालेस्टाइनीलाई नराख्नेदेखि अमेरिका छिर्ने स्टील र आल्मुनियममा २५ प्रतिशत करसम्म
-
इजरायली बन्धकबारे हमासले दियो कडा चेतावनी, इजरायलले सम्झौता उल्लंघन गरेको आरोप
-
१२ बजे, १२ समाचार : अख्तियारका सचिवलाई अर्थ मन्त्रालयको जिम्मेवारीदेखि ड्युटीका प्रहरी कुट्ने अखिल नेतालाई उन्मुक्तिसम्म
-
इभी माइक्रोको ठक्करले एक जनाको मृत्यु, एक घाइते
-
पाथीभरा केबलकारको विवाद वार्ता र सहमतिबाटै समाधान गरिनुपर्छः गृहमन्त्री लेखक
-
प्रधानमन्त्री ओलीलाई पदमुक्त गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता