एआईजी ज्ञवालीसहित ५ प्रहरी अधिकृतहरूको रिटको पेसी न्यायाधीश सुवेदीको इजलासमा

काठमाडौँ । नेपाल प्रहरीका एआईजी श्यामलाल ज्ञवालीसहित ५ जना उच्च प्रहरी अधिकृतरुले दायर गरेको रिट निवेदनको पेसी न्यायाधीश सारङ्गा सुवेदीको इजलासमा परेको छ ।
सर्वोच्च अदालत प्रशासनका अनुसार न्यायाधीश सुवेदीको इजलासमा प्रारम्भिक सुनुवाइ गर्नेगरी पेसी तोकिएको हो ।
प्रदेश समन्वय विभागका प्रमुख ज्ञवाली, मधेश प्रदेशका डीआईजी यज्ञविनोद पोखरेल, अन्य दुई जना डीआईजी केदार ढकाल, राजेशनाथ बास्तोला र इन्स्पेक्टर नागेन्द्र ठाकुरले बुधवार रिट दायर गरेका थिए ।
निवेदकहरूले उमेरहदका कारण अवकाश नगर्न माग गरेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार दर्जागत उमेरका कारण अवकाशमा जाने व्यवस्था छ ।
उच्च प्रहरी अधिकृतहरूले सो व्यवस्था हटाउन माग गरेका छन् । प्रहरी नियमावली–२०७१ अनुसार इन्स्पेक्टर ५२ वर्ष र डीआईजी तथा एआईजीहरु ५६ वर्ष उमेर पुरा भएमा अवकाशमा जान्छन् । श्याम ज्ञवाली ५६ वर्षे उमेर हद पुरा गरेर भदौ २५ मा अवकाशमा जाँदैछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुदूरपश्चिमको मानव विकास सूचकांकमा सुधार ल्याउनेगरी योजना बनाउनुपर्छ : परराष्ट्रमन्त्री
-
रियल म्याड्रिडलाई दोहोरो घाटा, अप्ठेरोमा पर्न सक्छन् एन्टोनियो रुडिगर
-
लोबुचे हिमालको शिखरमा सशस्त्र प्रहरीको झण्डा फहराइयो
-
समावेशी र नतिजामुखी बजेट निर्माणमा जोड दिन ऊर्जामन्त्री खड्काको आग्रह
-
सुरक्षा पन्तको समर्थन गर्दा ऋचामाथि प्रहार
-
२२५ वर्ष अगाडिको कथामा ‘जार’