४७० जना डेंगु सङ्क्रमित थपिए

काठमाडौँ । देशभर पछिल्लो पटक ४७० जना डेंगु सङ्क्रमित थपिएका छन् । देशभर २३ अगस्टसम्म ५ हजार ११९ जनामा डेंगु सङ्क्रमण भएकोमा ४७० जना थपिएर अगस्ट २७ सम्ममा ५ हजार ५८९ जना सङ्क्रमित भएका हुन् । यो तथ्याङ्क गत मध्ये माघयताको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) का अनुसार देशभर ७७ मध्ये हुम्ला र मुस्ताङ बाहेक ७५ जिल्लामा डेंगु सङ्क्रमण फैलिएको छ । माघ महिनायता डेंगु सङ्क्रमणबाट ३ जनाको मृत्यु भएको छ ।
यस्तै, तनहुँ र कास्कीमा ५ सय बढी डेंगु सङ्क्रमित फैलिएको छ । तनहुँमा १ हजार ६७ जना र कास्कीका ५३६ जनामा डेंगु सङ्क्रमण भएको छ । मृत्यु भएका डेंगु सङ्क्रमितलाई अन्य रोग पनि लागेको ईडीसीडीले उल्लेख गरेको छ ।
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ । डेंगुबाट जोगिन लामखुट्टेको टोकाइबाट जोगिनु उत्तम हुने चिकित्सकले सुझाएका छन् । लामखुट्टेको टोकाइबाट जोगिने उपाय नै अपनाउनु पर्ने चिकित्सक सुझाउ छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नगरकोट भ्रमण वर्ष : दुई दिनमा एक लाख पर्यटकको आगमन
-
इन्फोडेभलपर्स र वन पोइन्ट फाईनानसियल सर्भिसेजबिच सहकार्य हुने
-
विस्का नखःको चौथो दिन, रथलाई पोखरीमा स्नान गराइयो (तस्बिरहरू)
-
लन्डन म्याराथनमा सहभागी हुन सन्तोषी बेलायत जाने
-
४ हजार जनाको ईसेवा खाताबाट १ करोडभन्दा बढी रकम चोरी गर्ने युवक पक्राउ
-
मेडिकल कलेजको सिट र शुल्क पुनरावलोकन गर्न कार्यदल गठन