शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
तस्बिरमा हेर्नुहोस् पेरिस पारा ओलम्पिकको भव्य उद्घाटन
पारा ओलम्पिक

तस्बिरमा हेर्नुहोस् पेरिस पारा ओलम्पिकको भव्य उद्घाटन

५४९ स्वर्णका लागि खेलाडीबिच घम्साघम्सी
बिहीबार, १३ भदौ २०८१

पेरिस । फरक क्षमताका खेलाडीहरूको लागि आयोजित पारा ओलम्पिक खेलकुद प्रतियोगिताको १७औँ संस्करण फ्रान्सको राजधानी सहर पेरिसमा सुरु भएको छ । बुधबार राति आयोजित एक भव्य समारोहबिच प्रतियोगिताको उद्घाटन गरियो ।

1

पारा ओलम्पिकको इतिहासमा पहिलो पटक पेरिसस्थित ‘प्लेस डी ला कनकर्ड’ स्टेडियम बाहिर उद्घाटन समारोह आयोजना गरियो । प्रतियोगिताका अन्य कार्यक्रम र खेलाडीको मार्चपास्ट भने रङ्गशालामै भएको थियो ।

2

प्रतियोगिताको उद्घाटन समारोहमा विश्वभरका ६५ हजारभन्दा बढी खेलाडी, प्रशिक्षक, निर्णायक, पदाधिकारी र विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । फ्रान्सले गृष्मकालीन पारा ओलम्पिक आयोजना गरेको यो पहिलो पटक हो ।

3

११ दिनसम्म चल्ने प्रतियोगिताका खेलहरू भने बिहीबारदेखि सुरु हुनेछ । पारा ओलम्पिकको १७औँ संस्करणमा एक सय ६८ राष्ट्रका खेलाडीहरूले सहभागिता जनाउँदै छन् । यसपटक पारा ओलम्पिकमा शरणार्थी र तटस्थ खेलाडीहरूको एक–एक टोलीले पनि सहभागी छन् ।

4

प्रतियोगितामा विभिन्न २२ वटा खेलका पाँच सय ४९ स्पर्धा समावेश गरिएको छ । प्रतियोगितामा पाँच सय ४९ स्वर्ण पदकका लागि खेलाडीहरूबिच भिडन्त हुनेछ । ‘पारा ओलम्पिकको यो संस्करणले उद्घाटन समारोहसँगै विभिन्न विषयमा इतिहास रचेको छ,’ उद्घाटन समारोहमा पेरिस पारा ओलम्पिक आयोजक समितिका अध्यक्ष टोनी स्टानग्वेटले भने ।

5

अन्तर्राष्ट्रिय पारा ओलम्पिक कमिटीले प्रत्येक चार वर्षमा गृष्मकालीन पारा ओलम्पिक आयोजना गर्दै आएको छ । गृष्मकालीन ओलम्पिक खेलकुद सकिए लगत्तै सोही सहरमा पारा ओलम्पिक आयोजना गर्ने परम्परा रहँदै आएको छ ।

6

पारा ओलम्पिकको यो संस्करणमा नेपालका तीनजना खेलाडीले सहभागिता जनाउँदै छन् । गृष्मकालीन पारा ओलम्पिकमा नेपालको यो छैटौँ सहभागिता हो । पेरिस पारा ओलम्पिकमा नेपालबाट तेक्वान्दो खेलाडी पलेशा गोवर्धन र भरतसिंह महता तथा पौडी खेलाडी भीमबहादुर कुमारलले सहभागिता जनाउँदै छन् ।

7

ओलम्पिकमा पलेशाको यो दोस्रो सहभागिता हो । बाँकी दुई खेलाडीले भने पहिलो पटक ओलम्पिक खेल्न लागेका हुन् । यस पटक नेपाली खेलाडी पलेशाले छनोट चरण पार गर्दै आफ्नो बलियो उपस्थिति दर्ता गराएकी हुन् । उनीबाट पदकको आशा पनि गरिएको छ । 

891011121314151617

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया