जातीय वा रङ्गभेदी दुर्व्यवहार भए बिचमै खेल छाड्ने भिनिसियस जुनियरको चेतावनी

काठमाडौँ । स्पेनिस ‘पावर हाउस’ रियल म्याड्रिडका स्ट्राइकर भिनिसियस जुनियरले आगामी दिनमा खेल मैदानमा जातीय वा रङ्गभेदी दुर्व्यवहार भए खेल परित्याग गरेर मैदानबाट बाहिरिने चेतावनी दिएका छन् ।
२४ वर्षीय भिनिसियसले आफूले पटक–पटक मैदानमा जातीय र रङ्गभेदी दुर्व्यवहारको सामना गर्नु परेको दुखेसो पनि गरेका छन् । ‘आगामी दिनमा यस्तो घटना दोहोरिए ममात्र होइन, टोलीका अन्य साथीहरूले पनि मैदान छाडने छन्,’ उनले भनेका छन् ।
प्रभावशाली ब्राजिलियन स्ट्राइकर भिनिसियसले क्लबहरु पनि यसतर्फ सचेत हुनु आवश्यक रहेको प्रतिक्रिया दिएका छन् । ‘मलाई विश्वास छ समर्थकहरूले पनि खेलाडीको प्रदर्शनलाई आधार मानेर उनीहरूको मूल्याङ्कन गर्नेछन् । जातीय र रङ्गभेदी दुर्व्यवहार आफैमा अपराध हो,’ उनले भनेका छन् ।
सन् २०२३ को मे २१ तारिखमा भिनिसियस जुनियरमाथि जातीय र रङ्गभेदी दूब्र्यवहार गर्ने स्पेनिस क्लब भ्यालेन्सियाका तीनजना समर्थक पक्राउ परेका थिए । उनीहरूलाई आठ महिनाको कडा काराबास सजाय सुनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रिमियर लिग : लिभरपुल सजिलै जित्दा आर्सनलाई नटिङघमले रोक्यो
-
प्रिमियर लिगमा म्यान्चेस्टर सिटी र युनाइटेड दुबै विजयी
-
रुद्रतालको संरक्षणमा जुट्यो ढोरपाटन
-
पशुपतिनाथमा किन गरिन्छ चार प्रहरको विशेष पूजा ?
-
ट्रम्पको जालमा जेलेन्स्की, शुक्रबार अमेरिकामा ‘विशाल सम्झौता’
-
आईसीसी च्याम्पियन्स ट्रफीबाट बाहिरियो इंग्ल्याण्ड