सोमबार, १५ पुस २०८१
ताजा लोकप्रिय

महामन्त्रीद्वयसँग देउवाको छलफल सुरु

बिहीबार, १३ भदौ २०८१, १० : ००
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग छलफल सुरु गरेका छन् ।  केन्द्रीय समिति बैठकमा  प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा महामन्त्रीद्वयसँग देउवा निबास बुढानीलकण्ठमा छलफल सुरु भएको हो । 

सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए । 

महामन्त्रीसँग सहमति नजुटेपछि मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका थिए ।

कांग्रेसभित्र एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धन गर्न नहुने विषयमा मतभेद छ । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री  थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद बढ्दो छ । 

संस्थापन पक्षले यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप

छुटाउनुभयो कि ?