शनिबार, १९ असोज २०८१
ताजा लोकप्रिय
पारा ओलम्पिक

एक खेलाडीको दारुण कथा : मृत्युशय्यादेखि ओलम्पिक यात्रासम्म

पूर्वप्रेमीका कारण मृत्युको नजिक पुगेकी ट्रेसी ओटो
बिहीबार, १३ भदौ २०८१, १० : १०
बिहीबार, १३ भदौ २०८१

काठमाडौँ । टेबलमा खाना राखिएको थियो । ट्रेसी ओटो दिउँसोको खाना खाने तयारीमा थिइन् । ठिक त्यसैबेला उनले आफू पेरिस पारा ओलम्पिकका लागि छनोट भएको खबर पाइन् । यो अप्रत्याशित समाचारको उनले कल्पनासम्म गरेकी थिइनन् । 

‘मेरो प्रेमी रिकी (रिसेल) ले सबैभन्दा पहिले यो समाचार मलाई सुनाए । नढाँटी भन्नु पर्दा यो समाचार मेरा लागि अप्रत्याशित थियो,’ २८ वर्षीय ट्रेसी ओटो भन्छिन् ।

‘रिकीले यो समाचार मलाई सुनाउँदा म खाना खाइरहेकी थिएँ । मेरो मुखमा खाना बाँकी नै थियो । पहिले त्यसलाई निलेँ अनि, आश्चर्य र खुसी मिश्रित स्वरमा जोडले चिच्याएँ । त्यतिबेला चारैतिर जोडिएको सीसीटीभी क्यामराले हेरिरहेको छ भन्ने कुरा पनि मैले बिर्सिएँ,’ उनी आफ्नो अनुभव सुनाइन् । 

afp_20240827_2167920440_v5_highres_teamusawelcomeexperienceaheadofparalympicspa

फरक क्षमता भएका खेलाडीहरुका लागि आयोजित गृष्मकालीन पारा ओलम्पिकको १७ औँ संस्करण बुधबारदेखि फ्रान्सको राजधानी सहर पेरिसमा सुरु भएको छ । पेरिस पारा ओलम्पिक सेप्टेम्बर ८ तारिखसम्म चल्नेछ । 

आक्रमणबाट अचेत भएकी उनलाई कसले, कसरी र कतिबेला अस्पताल पुर्‍यायो केही थाहा छैन । अस्पतालको शय्यामा होस खुल्दा उनको छातीभन्दा तलको भाग नचल्ने (प्यारालाइसिस) भइसकेको थियो । देब्रे आँखाको ज्योति पनि गुमिसकेको थियो । उनको शरीरबाट पसिना आउन बन्द भएको थियो भने आफ्नो शरीरको तापक्रमलाई नियन्त्रणसम्म गर्न नसक्ने जटिल अवस्था सृजना भइसकेको थियो ।

यही ओलम्पिकका लागि ट्रेसी ओटो अमेरिकाको आर्चरी टोलीमा परेकी हुन् । यो प्रतियोगितामा उनले आर्चरीको दुईवटा स्पर्धामा आफ्नो क्षमता प्रदर्शन गर्नेछिन् । उनले जासन टाबान्स्कीसँग मिलेर मिक्स टिम स्पर्धामा र महिला एकल स्पर्धामा प्रतिस्पर्धा गर्नेछिन् ।

ओलम्किपजस्तो विश्व खेलकुदको वृहत् प्रतियोगितामा छनोट हुँदाको क्षण उनका लागि विशेष छ । किनभने, जीवनका निकै अँध्यारा क्षणहरूलाई चिर्दै उनी यो अवस्थासम्म आइपुगेकी हुन् । जीवन भोगाइका क्रममा उनले यस्तो नमिठो क्षणको सामना गरेकी छन्, जसलाई उनी अहिले सम्झन पनि चाहन्नन् । 

NYPICHPDPICT000007393183

‘मृत्युशय्यादेखि पारा ओलम्पिकसम्मको मेरो यात्रा एउटा पागलपनबाहेक केही होइन । अहिले पनि म आफैसँग त्रसित छु,’ उनी भन्छिन् । सन् २०१९ अक्टोबरको एक दिन आफूभन्दा पनि बढी विश्वास गरेको एक व्यक्तिले छल गरी मृत्युशय्यामा पुर्‍याएको क्षण उनले अझै भुलेकी छैनन् ।

त्यतिबेला उनी आफ्नै घरमा थिइन् र अचानक उनको पूर्वप्रेमी (नाम गोप्य राखिएको) ले उनीमाथि साङ्घातिक आक्रमण गर्छन् । पूर्वप्रेमीले हात र लात्तीले उनको शरीरका विभिन्न भागमा गम्भीर आक्रमण गर्छन् । यतिले मात्र उसको रिस मर्दैन । त्यसपछि चक्कु र बन्दुकले पनि ट्रेसी ओटोमाथि निर्मम प्रहार हुन्छ । 

Tracy Otto 2

आक्रमणबाट अचेत भएकी उनलाई कसले, कसरी र कतिबेला अस्पताल पुर्‍यायो केही थाहा छैन । अस्पतालको शय्यामा होस खुल्दा उनको छातीभन्दा तलको भाग नचल्ने (प्यारालाइसिस) भइसकेको थियो । देब्रे आँखाको ज्योति पनि गुमिसकेको थियो । उनको शरीरबाट पसिना आउन बन्द भएको थियो भने आफ्नो शरीरको तापक्रमलाई नियन्त्रणसम्म गर्न नसक्ने जटिल अवस्था सिर्जना भइसकेको थियो । 

उनी नचाहँदा नचाहँदै पनि त्यो घटना सम्झन्छिन्, जसले उनको जीवनलाई नर्कतुल्य बनाइदिएको थियो । उनी केवल एक वाक्यमा आफ्नो जीवन भोगाइलाई व्याख्या गर्छिन्, ‘यो संसारमा जस्तोसुकै बिसम स्थितिमा पनि एउटा ज्योति, एउटा आशाको किरण बाँकी हुँदो रहेछ । 

ट्रेसी ओटोका अनुसार, यी सबै घटना एकपछि अर्को गर्दै तीव्र गतिमा भएका थिए । त्यसपछि अचानक पूर्वप्रेमीले ट्रेसी ओटोको अनुहारमा दुई–तीनपटक शक्तिशाली मुक्का प्रहार गरे । उनी पीडाले चिच्याउँदै थिइन्, त्यति नै बेला पूर्वप्रेमीले रिकीमाथि दुईवटा गोली प्रहार गरिसकेका थिए । त्यसलगत्तै रिकीमाथि उसले चक्कु पनि प्रहार गरेको थियो । चक्कु प्रहारका कारण रिकीको फोक्सोमा गम्भीर असर परेको थियो ।

उनी चाहन्छिन्, आफ्नो प्रेमी वा पतिबाट हिंसा भोगेका विश्वभरका महिलाहरूले आफू एक्लो छु भन्ने कहिल्यै अनुभव गर्नु नपरोस् । ‘म चाहन्छु, मेरो विगत र वर्तमानलाई देखेर घरेलु हिंसाको सिकार भएका विश्वभरका महिलाहरूले आफूलाई सम्हाल्न सकुन्,’ उनी भन्छिन् । 

खासगमा सन् २०१९ को सेप्टेम्बरमै प्रेमीसँग उनको सम्बन्ध तोडिएको थियो । त्यसको एक महिनाअघि पनि फ्लोरिडाको रिभरभ्यूस्थित घरमा उनका प्रेमीले ट्रेसी ओटोलाई नराम्ररी कुटपिट गरेका थिए । प्रहरीमा त्यसको उजुरी गरेपछि उनका प्रेमी केही समयका लागि हिरासतमा पनि पुगेका थिए ।

Tracy Otto 1

त्यसपछि रिकीसँग उनको प्रेम सम्बन्ध गाँसिएको थियो । ‘रिकी र मेरो भेट सन् २०१९ को सेप्टेम्बर २६ तारिखमा भएको थियो । बिस्तारै हामी एक–अर्कासँग नजिकिन पुग्यौँ । त्यतिबेला पूर्वप्रेमीसँग मैले सम्बन्ध तोडिसकेकी थिएँ । उसलाई आफ्नो जीवनबाट निकालिसकेकी थिएँ । ऊ पनि आफ्नो सबै सामान लिएर मेरो घरबाट गइसकेको थियो । सुरक्षाका कारण मैले आफ्नो घरको सबै तालाहरु पनि परिवर्तन गरेँ,’ उनी भन्छिन् । 

यति हुँदा पनि उनीमाथि पूर्वप्रेमीले आक्रमण गर्न भ्याएका थिए । ‘सन् २०१९ को अक्टोबर २४ को सामान्य रात थियो । म र रिकी ओछ्यानमा पल्टिरहेका थियौँ । अचानक ठुलो आवाज आयो । मेरो अनुहारमा टर्चलाइटको उज्यालो पर्‍यो । म एकछिन अलमलमा परेँ । त्यसपछि एउटा परिचित आवाज मेरो कानामा ठोक्कियो । त्यो मेरो पूर्वप्रेमीको आवाज थियो,’ ट्रेसी ओटो आफ्नो विगत सम्झन्छिन् ।

त्यो घटना सम्झँदा अहिले पनि उनको अनुहारमा अझै डर र आक्रोशको मिश्रित भाव झल्कन्छ । ‘पूर्वप्रेमीले आफ्नो कार मेरा घर अगाडि रोकेको थियो । त्यसपछि हामीलाई धम्क्याएर ऊ त्यहाँबाट हिँड्यो । पछि थाहा भयो उ बन्दुक, चक्कु र हतकडी किन्न गएको रहेछ ।’

तपाईँहरू बाहिरबाट हेर्दा एउटी पक्षाघात भएकी नारी र ह्वीलचेयरलाई मात्र देख्नुहुन्छ होला । तर, यसको प्रभाव र भावनात्मक पक्ष निकै कारुणिक छ । म पक्षाघातको सिकार भएकी छु । मेरो फोक्सोले राम्ररी काम गर्दैन । मेरो शरीरले तापक्रम नियन्त्रण गर्न सक्दैन । यस्ता अनगिन्ती समस्या छन् । समग्रमा भन्नु पर्दा मेरो मस्तिष्कले मेरो शरीरसँग तालमेल नै मिलाउन सक्दैन । के तपाईँ मेरो भावना बुझ्न सक्नुहुन्छ ?’

उ फर्किएर आएपछिको घटना त झनै दुःखदायी छ । ‘ऊ गएपछि हामी ढुक्क भएर निदाएका थियौँ । अचानक ऊ फर्किएर आयो । हाम्रो सुत्ने कोठाको झ्यालको सिसा फुटायो । त्यसपछि बन्दुक तानेर चिच्याउँदै हामीलाई ओछ्यानबाट तल ओर्लन आदेश दियो । हामी निकै डराएका थियौँ । हामीलाई लागेको थियो, अब भने उसले हामीलाई मार्नेछ । समग्रमा हामी चेतनाशून्य अवस्थामा थियौँ,’ उनी भन्छिन् ।

ट्रेसी ओटोका अनुसार, यी सबै घटना एकपछि अर्को गर्दै तीव्र गतिमा भएका थिए । त्यसपछि अचानक पूर्वप्रेमीले ट्रेसी ओटोको अनुहारमा दुई–तीनपटक शक्तिशाली मुक्का प्रहार गरे । उनी पिडाले चिच्याउँदै थिइन्, त्यति नै बेला पूर्वप्रेमीले रिकीमाथि दुईवटा गोली प्रहार गरिसकेका थिए । त्यसलगत्तै रिकीमाथि उसले चक्कु पनि प्रहार गरेको थियो । चक्कु प्रहारका कारण रिकीको फोक्सोमा गम्भीर असर पर्‍यो ।

Tracy Otto

रिकी ढलेपछि फेरि ट्रेसी ओटोकै पालो थियो । पूर्वप्रेमीले ट्रेसी ओटोको देब्रे आँखामा गोली प्रहार गर्‍यो । त्यसलगत्तै उसले पछाडिबाट ट्रेसी ओटोको गर्धनमा चक्कु पनि प्रहार गर्‍यो । सोही कारणले उनी प्यारालाइसिसको सिकार बन्न पुगिन् । यतिले मात्र नपुगेर ट्रेसी ओटोका पूर्वप्रेमीले उनीमाथि यौन दुराचार पनि गरेको थियो ।

त्यसपछि अर्को विचित्रको घटना हुन्छ । ट्रेसी ओटो भन्छिन्, ‘मैले पछि थाहा पाएँ, हामीमाथि निर्मम आक्रमण गरेपछि ऊ आफैले पुलिसलाई फोन गरेछ । उनले आफ्नो नाम बताएछ । आफूले गरेको सम्पूर्ण कर्तुतको बेलिबिस्तार पनि लगाएछ । तर, उसले पुलिसलाई मेरो परिचय आफ्नी प्रेमिकाको रूपमा दिएको रहेछ । पछि मात्र उसले हामीबिच निकैअघि सम्बन्ध टुटिसकेको कुरा स्वीकारेको थियो ।’

ओलम्किपजस्तो विश्व खेलकुदको वृहत् प्रतियोगितामा छनोट हुँदाको क्षण उनका लागि विशेष छ । किनभने, जीवनका निकै अँध्यारा क्षणहरूलाई चिर्दै उनी यो अवस्थासम्म आइपुगेकी हुन् । जीवन भोगाइका क्रममा उनले यस्तो नमिठो क्षणको सामना गरेकी छन्, जसलाई उनी अहिले पनि सम्झन चाहन्नन् ।

लगत्तै प्रहरी आएर उसलाई पक्राउ गर्छ । प्रहरी आउँदा ऊ एकछेउमा बसिरहेको हुन्छ । उसले प्रहरीलाई आफ्नो संक्षिप्त बयान दिन्छ, ‘मैले भर्खरै आफ्नी प्रेमिका र उनको नयाँ प्रेमीको हत्या गरेको छु । त्यसपछि प्रहरीले उसलाई पक्राउ गरेर लैजान्छ,’ ट्रेसी ओटो भन्छिन् । त्यो घटनापछि सन् २०२३ को जनवरीमा ट्रेसी ओटोका पूर्वप्रेमीलाई चोरी, निर्मम हत्याको प्रयास, यौन दुराचारजस्ता विभिन्न आरोपमा दोषी ठहर गर्दै न्यायालयले ४० वर्षको कठोर काराबासको सजाय सुनाउँछ ।

यता यो घटनाले ट्रेसी ओटोको जीवनलाई सधैंको लागि परिवर्तन गरिसकेको थियो । घटनाको पाँच वर्ष बितिसक्दा पनि उनी आफ्नो शारीरिक र मानसिक स्वास्थ्यसँग जुधिरहेकी छन् । ‘तपाईँहरू बाहिरबाट हेर्दा एउटी पक्षाघात भएकी नारी र ह्वीलचेयरलाई मात्र देख्नुहुन्छ होला । तर, यसको प्रभाव र भावनात्मक पक्ष निकै कारुणिक छ । म पक्षाघातको सिकार भएकी छु । मेरो फोक्सोले राम्ररी काम गर्दैन । मेरो शरीरले तापक्रम नियन्त्रण गर्न सक्दैन । यस्ता अनगिन्ती समस्या छन् । समग्रमा भन्नु पर्दा मेरो मस्तिष्कले मेरो शरीरसँग तालमेल नै मिलाउन सक्दैन । के तपाईँ मेरो भावना बुझ्न सक्नुहुन्छ ?,’ निकै भावुक रूपमा प्रस्तुत भएकी उनी भन्छिन् । 

आफूले अहिले पनि नर्कतुल्य जीवन बिताइरहेको उनी बताउँछिन् । ‘थोरै पनि तल–माथि भयो भने मेरो रक्तचाप बढ्छ । कुनै पनि समय मलाई हृदयाघात हुन सक्छ । समग्रमा म हरेक पल मरेर बाँचिरहेकी छु । मेरो जीवन अनिश्चित छ,’ उनी दुखेसो पोख्छिन् । 

Tracy Otto 3

त्यसो भए उनी खेलकुदमा कसरी सक्रिय भइन् त ? उनी भन्छिन्, ‘एक दिन म रिकीसँग कारमा कतै जाँदै थिएँ । म आफ्नो जीवनलाई लिएर निराश थिएँ । म कति दिन बाँच्छु होला भन्ने लाग्यो । निकै बेर सोचेपछि मलाई लाग्यो, अब परम्परागत तरिकाले बाँचेर केही फाइदा छैन । त्यसपछि नै मैले खेलकुदमा केही गरेर देखाउने योजना बनाएँ । धेरै अनुसन्धान गरेपछि मेरो खोज आर्चरीमा पुगेर टुङ्गियो । हामीजस्ता व्यक्तिका लागि यो सबैभन्दा उपयुक्त खेल हो,’ उनी भन्छिन् ।

आर्चरी खेल पनि ट्रेसी ओटोका लागि सोचेजस्तो सहज भने थिएन । त्यसैले उनले खेलका क्रममा विशेष तरिकाले बनाइएको हार्नेस प्रयोग गर्नु पर्ने हुन्छ । यसका अतिरिक्त उनले तीर प्रहार गर्न पनि आफ्नो मुखको सहारा लिनु पर्छ । 

Tracy Otto 4

‘यसका लागि मैले निकै परिश्रम गरेकी छु । छोटो समयमै ओलम्पिकजस्तो ठुलो प्रतियोगितामा देशको प्रतिनिधित्व गर्न पाउँदा निकै उत्साही छु,’ सम्भवतः निकै लामो समयपछि उनको मुहारमा खुसीका रेखाहरू कोरिएका छन् । 

त्यसैले उनी भन्छिन्, ‘अहिले मेरो जीवन निकै सुन्दर छ । मेरो जीवनमा लामो समयपछि अचानक रङहरु पोतिएका छन् । म आफ्नो वरपर प्रेम र सुन्दर सङ्गीतहरू अनुभव गर्न थालेकी छु ।’ 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप