चट्याङ लागेर दैलेखमा नातिको मृत्यु, हजुरआमा घाइते
बिहीबार, १३ भदौ २०८१, ०९ : १८

सुर्खेत। दैलेखमा चट्याङ लागेर फेरि एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा आठबिस नगरपालिका–५, पिपलकोटका दुई वर्षीय बालक रोशन विष्ट रहेका छन्।
यस्तै उनकी हजुरआमा ४६ वर्षीय कमला विष्ट घाइते भएको दैलेख प्रहरीले जनाएको छ। बुधबार बेलुका पानी परेको समयमा आफन्तको घरमा ओत लाग्न गएमा बेला चट्याङ परेको थियो।
कमलाको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेको छ। उनी स्वास्थ्य स्वयंसेविका पनि हुन्। दैलेख चट्याङ धेरै पर्ने जिल्लामा पर्दछ । केही दिनअघि मात्र चट्याङ लागेर एक जनाको मृत्यु भएको थियो।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई घर फर्काउने गृहकार्यमा मन्त्रालयदेखि ६० लाख लुटपाटबारे डाँकाचोरी मुद्दामा अनुसन्धानसम्म
-
जनक शिक्षाले पाठ्यपुस्तक उपलब्धताबारे बुझ्न देशव्यापी अनुगमन गर्ने
-
जाजरकोट भूकम्पको क्षति आकलन गर्न सम्झौता
-
बिस्का जात्रा : रथले किचेर एक जनाको मृत्यु
-
६० लाख लुटमा संलग्नहरुविरुद्ध डाँकाचोरी मुद्दामा अनुसन्धान
-
नगरकोट भ्रमण वर्ष भोलिदेखि