महामन्त्रीद्वयसँग आज पुनः छलफल गर्दै सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले आज महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालाई छलफलका लागि बोलाएका छन् । केन्द्रीय समिति बैठकमा महामन्त्रीद्वयले प्रस्तुत गरेको प्रतिवेदन परिमार्जन गराउने विषयमा छलफल गर्न देउवाले महामन्त्रीद्वयलाई बूढानीलकण्ठ बोलाएका हुन् ।
सभापति देउवाले यसअघि मंगलबार पनि महामन्त्रीद्वयसँग छलफल गरेका थिए । तर‚ सहमति जुट्न सकेन । देउवाले प्रतिवेदन परिमार्जन गर्नुपर्ने अडान राखे भने महामन्त्रीद्वयले परिमार्जन गर्न नहुने आ–आफ्ना तर्क राखेका थिए ।
महामन्त्रीसँग सहमति नजुटेपछि मुख्यसचिव कृष्ण पौडेलले विज्ञप्ति जारी गर्दै भदौ १२ गते बस्ने बैठक भदौ १६ गतेका लागि सारिएको जानकारी दिएका थिए । ।
कांग्रेसभित्र एक्जीट पोलीसी र निर्वाचन अघि गठबन्धन गर्न नहुने विषयमा मतभेद छ । साउन २३ गते बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री शर्माले प्रस्ताव गरेको एक्जीट पोलिसी सहितको प्रतिवेदन र कांग्रेसलाई रुखमा भोट हाल्ने ग्यारेन्टी गरिनुपर्छ भनेर महामन्त्री थापाले प्रस्तुत गरेको प्रतिवेदनमा विवाद बढ्दो छ ।
संस्थापन पक्षले यसलाई कुनै पनि हालतमा संशोधन गराउनुपर्ने अडानमा छ । तर, महामन्त्री पक्षधरहरू पास गराउनुपर्ने पक्षमा छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
आजपाको केन्द्रीय कमिटी विघटन, प्रभु साहको अध्यक्षतामा महाधिवेशन आयोजक कमिटी गठन
-
थाइल्यान्डमा 'वान टु वान' वार्ताले ल्याउला त सम्बन्धमा सुधार ?
-
विशेषको फैसला चित्त नबुझेपछि भ्रष्टाचारका १२ वटा मुद्दा लिएर सर्वोच्च पुग्यो अख्तियार
-
वडाध्यक्षलाई कार्यवाहक दिने निर्णय कार्यान्वयन नगर्न उच्चको आदेश
-
शिक्षक महासंघले शिक्षा मन्त्रालयलाई बुझायो ध्यानाकर्षण पत्र
-
बजेट तयारी-छलफल : उत्पादन र रोजगारी वृद्धि गर्ने गरी बजेट ल्याउन प्रधानमन्त्रीको निर्देशन