बल्ल अघि बढ्यो बहुचर्चित भेरी पम्पिङ आयोजनाको निर्माण प्रक्रिया
सुर्खेत । बहुचर्चित भेरी पम्पिङ आयोजनाको काम बल्ल अघि बढेको छ । भेरी नदीको पानी पम्पिङ गरेर वीरेन्द्रनगर उपत्यकामा ल्याउने यो आयोजना लामो समयपछि कार्यान्वयनमा जान लागेको हो ।
आयोजनाको निर्माण चिनियाँ कम्पनी सिंज्याङ टर्म्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसनले गर्ने भएको छ । बुधबार आयोजना इकाईका प्रमुख सञ्जिवकुमार साह, वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकाल र चिनियाँ कम्पनी सिंज्याङ टर्म्स इन्टरनेशनल इकोनोमी एण्ड टेक्निकल को–अपरेसन कम्पनी लिमेटेडका प्रतिनिधि सुशीलकुमार श्रेष्ठबिच निर्माण सम्झौता भएको हो ।
सम्झौतामा आगामी तीन वर्षभित्र भेरीको पानी प्रदेश राजधानी वीरेन्द्रनगरमा ल्याइने उल्लेख छ । आयोजना सम्पन्न गर्न तीन अर्ब ५० करोड ८ लाख १५ हजार २८०.६१ रुपैयाँ लागत लाग्ने छ ।
ग्लोबल टेण्डरमार्फत गरिएको ठेक्कामा सहभागी भएका ११ निर्माण व्यवसायीमध्ये चिनियाँ कम्पनी छनोटमा परेको हो ।
तीन दशक पछिको जनसङ्ख्यालाई मध्यनजर गरी वीरेन्द्रनगर उपत्यकाको खानेपानी समस्या समाधान गर्न भनेर यो आयोजना अघि बढाइएको हो । सन् २०५० सम्म वीरेन्द्रनगरमा वृद्धि हुनसक्ने जनसङ्ख्यालाई मध्यनजर गरेर दीर्घकालीन रूपमा खानेपानीको सहज आपूर्ति होस् भन्ने उद्देश्यसहित मेगा प्रोजेक्ट अघि बढाइएको वीरेन्द्रनगर नगरपालिकाका प्रमुख मोहनमाया ढकालले बताइन् ।
सङ्घीय खानेपानी मन्त्रालयले विश्व बैंकको ऋण सहयोगमा चालु आर्थिक वर्षबाट केन्द्र, प्रदेश र स्थानीय सहकारको साझेदारीमा १०० मिलियन अमेरिकी डलर लागतमा ‘खानेपानी क्षेत्रगत सुशासन तथा पूर्वाधार सहयोग आयोजना’ अन्तर्गत उक्त योजना अघि बढाइएको हो ।
नगरप्रमुख ढकालले यसलाई मेलम्चीपछिको दोस्रो ठुलो आयोजनाको रूपमा व्याख्या गरेकी छन् ।
आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’अन्तर्गत प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० मा पाँच करोड रूपैयाँ विनियोजन गरेको छ ।
ढकालले आयोजना कार्यान्वयनका क्रममा कुनै समस्या आउन नदिने बताइन् । उनले नगरपालिकाले गौरवको आयोजनाका रुपमा अपनत्व लिने गरी विशेष प्राथमिकतामा राखिएको र सबै तहको सहकार्य आवश्यक रहेको बताइन् । ठुलो लगानीको आयोजना भएकाले बिचमा कुनै कारण डिजाइन फेल नहोस् भन्ने उद्देश्यसहित ‘डिजाइन रिभ्यु’का लागि आयोजना कार्यान्वयनको जिम्मा पाएको खानेपानी तथा ढल व्यवस्थापन विभागले पटक–पटक विज्ञहरूको राय मागेको थियो ।
दुई खण्डमा गरी ६ अर्ब रूपैयाँ लागतमा सम्पन्न हुने यस आयोजनाको यसअघि नै तयार भइसकेको डीपीआरमाथि ‘रिभ्यु’ गर्न विभागले थप गरेको समयावधिमा इन्टेक निर्माण गरिने स्थान परिवर्तन बाहेक अन्य डिजाइन ठिक रहेको बताइएको छ । ‘डिजाइन रिभ्यु’ गर्न नपर्ने भएपछि आयोजना निर्माणको चरणमा अघि बढेको हो ।
आयोजना सम्पन्न गर्न सङ्घीय सरकारले ८० प्रतिशत र प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले २० प्रतिशत लगानी जुटाउनुपर्ने छ । कर्णाली प्रदेश सरकार र वीरेन्द्रनगर नगरपालिकाले ‘म्युचअल फण्ड’अन्तर्गत प्रदेश सरकारले आर्थिक वर्ष २०७९-०८० मा पाँच करोड रूपैयाँ विनियोजन गरेको छ ।
यस्तै नगरपालिकाले आयोजना स्थलसम्म पहुँचमार्ग विस्तार तथा आवश्यक पूर्वाधार निर्माणका लागि ५० लाख बजेटको व्यवस्था गरिसकेको छ ।
यसरी हुनेछ काम
आयोजनाको काम दुई चरणमा हुनेछ । पहिलो चरणमा पानीको बहावलाई डाइभर्ट गरी नदी सतहदेखि करिब ७ किलोमिटर गहिरा दुई वटा इन्टेक निर्माण गरिने छ ।
त्यसपछि इन्टेकदेखि करिब ४०० मिटरको दुरीमा पानी प्रशोधन प्रणाली निर्माण गरिने छ भने ७ किलोमिटर पाइपलाइन विस्तारसँगै वीरेन्द्रनगर नगरपालिका–११ को अमृतडाँडामा मुख्य रिजर्भ ट्याङ्की बनाइने छ । पहिलो चरणमै ट्याङ्कीदेखि मुख्य प्रसारण लाइन विस्तार गरिने छ ।
अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३÷३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । लिफ्ट प्रविधिमार्फत ल्याइने भेरीको पानी वीरेन्द्रनगर नगरपालिकामा वडा नम्बर १ देखि १३ सम्म वितरण गरिने छ ।
दोस्रो चरणमा उपत्यकामा पर्ने रत्न राजमार्ग र सुर्खेत–जुम्ला सडकको दुवैतर्फ प्रसारण लाइन विस्तार गरिनेछ । भेरीको पानी ४०० मिटर उचाइमा प्रशोधन ट्याङ्की (ट्रिटमेन्ट प्लान्ट) मा खसालिने छ ।
त्यसपछि करिब ७ किलोमिटर लामो पाइपका माध्यमबाट अमृत डाँडामा निर्माण गरिने रिजर्भ ट्याङ्कीमा पानी खसालिने छ । अनि, ५५० मिलिमिटर क्षमताको पाइप अमृत डाँडामा राखेर मुख्य ट्याङ्कीसम्म ल्याइने छ ।
अमृत डाँडामा रहने ट्याङ्की १२ हजार घनमिटरको हुनेछ । वितरण प्रणाली तथा डिस्ट्रिक मिटर्ड एरिया (डीएमए) को बाँकी काम हुनेछ । पहिलो र दोस्रो चरणका लागि करिब ३÷३ अर्ब लागत लाग्ने प्रारम्भिक अनुमान गरिएको छ । लिफ्ट प्रविधिमार्फत ल्याइने भेरीको पानी वीरेन्द्रनगर नगरपालिकामा वडा नम्बर १ देखि १३ सम्म वितरण गरिने छ ।
तीन वर्ष निर्माणको समयावधि रहेको आयोजना निर्माण सम्पन्न भइसकेपछि पनि थप तीन वर्ष आयोजनाको सञ्चालन र व्यवस्थापनको जिम्मा निर्माण कम्पनीले लिने छ ।
त्यस पश्चात आयोजनाको सम्पूर्ण स्वामित्व वीरेन्द्रनगर नगरपालिकाको मातहतमा आउनेछ ।
आयोजना सम्पन्न हुने बेलासम्म खानेपानीको सङ्कट कसरी टर्छ ?
वीरेन्द्रनगर प्रदेश राजधानी बनेसँगै यहाँको जनघनत्त्व ह्वात्तै बढेको छ । सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाका अनुसार ३८ हजार बढी घरधुरी (अहिले बढेको हुनसक्छ) मध्ये अहिलेसम्म २० हजार ३५० घरधुरीमा धारा जडान छ । करिब ४ हजार दुई सय बढी घरधुरीले धाराका लागि आवेदन दिए पनि जडान कार्य हुन सकेको छैन । साढे ८ सय धारा जडान गर्ने सूचीमा छन् ।
धारा जडान भएका घरधुरीका लागि मात्रै दैनिक ३७४ लिटर प्रतिसेकेन्ड पानी आवश्यक पर्छ । दैनिक १५७ लिटर प्रतिसेकेन्ड खानेपानी आपूर्ति हुने स्रोतहरूबाट हाल ५२ लिटर प्रतिसेकेन्ड मात्र खानेपानी आपूर्ति हुन्छ ।
यो पटक वैशाख महिनामा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाबाट प्रयोगमा ल्याएका खानेपानीका स्रोतहरू हाल भइरहेको लामो सुक्खा खडेरीका कारण घट्न गइ खानेपानी वितरण कार्य प्रभावित बनेको थियाे । संस्थाले ६ दिनको फरकमा १ घण्टा वितरण गर्नेगरी सम्पूर्ण एरियाको वितरण तालिका लागु गरेको थियो ।
हिउँदको समय लागेसँगै खानेपानीको चरम सङ्कट पैदा हुन्छ । अझ चैत, वैशाख, जेठ र असार महिनामा सबैभन्दा बढी खानेपानीको अभाव हुने गरेको छ ।
खानेपानी उपभोक्ता संस्थाका इन्जिनियर बालाराम तिवारीका अनुसार हाल झुप्रा खोला, खरिखोला, खोर्के खोला तथा बुलबुले काठकुवा खोलाबाट पानी आपूर्तिको व्यवस्था मिलाइएको छ । तर, ती मुहानमा खडेरीका समयमा कारण पानी घट्दै जाँदा उपत्यकामा पानीको चरम अभाव हुन्छ ।
यो पटक वैशाख महिनामा सुर्खेत उपत्यका खानेपानी उपभोक्ता संस्थाबाट प्रयोगमा ल्याएका खानेपानीका स्रोतहरू हाल भइरहेको लामो सुक्खा खडेरीका कारण घट्न गइ खानेपानी वितरण कार्य प्रभावित बनेको थियाे । संस्थाले ६ दिनको फरकमा १ घण्टा वितरण गर्नेगरी सम्पूर्ण एरियाको वितरण तालिका लागु गरेको थियो ।
नगरप्रमुख मोहनमाया ढकालले भेरीको पानी वीरेन्द्रनगरमा नआउञ्जेल भइरहेका संरचनालाई व्यवस्थित गरिने बताइन् । बिचमा हुने खानेपानीको समस्या टार्न पानीका मुहानहरूलाई विस्तार गरिने र त्यसका लागि प्रदेशको जलस्रोत तथा ऊर्जा विकास मन्त्रालयसँग सहकार्य गरिने उनको भनाइ छ ।
यो पनि...
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
छविलालको बयान : जीबी र रविले टिभी खोल्ने प्रस्ताव ल्याएका हुन्
-
सूर्यदर्शन सहकारी ठगी प्रकरण : दीपेश पुनविरुद्ध किन चल्यो मुद्दा ?
-
स्थानीय उत्पादनबाटै आर्थिक उपार्जन र रोजगारी दिन सकिन्छ : मुख्यमन्त्री आचार्य
-
रुखको हाँगा लागेर एक जनाको मृत्यु
-
रविलगायतविरुद्ध दायर गरिएको अभियोगपत्र ४२७ पृष्ठ लामो
-
राष्ट्रपतिद्वारा तुलाधर डेनमार्कको राजदूत नियुक्त