विश्व आणविक परीक्षणविरुद्धको दिवस : यस्ता छन् विगतमा भएका ठुला आणविक विस्फोट
हरेक वर्ष आजको दिन अर्थात् अगस्ट २९ मा विश्व आणविक परीक्षण विरुद्धको दिवस मनाइन्छ । आणविक हातहतियारको परीक्षणका कारण निम्तन सक्ने विनाशकारी असरहरूबारे विश्वभर जनचेतना जगाउन संयुक्त राष्ट्र सङ्घ (यूएन)को पहलमा सन् २०१० देखि यो दिवस मनाउन थालिएको हो ।
यो दिवसले विश्वभरका सरकारहरूलाई आणविक हतियार त्याग्न र यस्ता हतियारको परीक्षण बन्द गर्न आग्रह गर्दै आएको छ । यसै सन्दर्भमा सन् १९९६ मा आणविक परीक्षणमा प्रतिबन्धसम्बन्धी सन्धि पनि भएको थियो । विश्वभर धेरै जसो देशमा यो दिवस विभिन्न सम्मेलन, प्रतियोगिता र प्रदर्शनीहरूको आयोजना गरेर मनाउने गरिएको छ ।
विश्वमा पहिलो पटक आणविक परीक्षण सन् १९४५ को जुलाई १६ मा भएको थियो । त्यसको एक महिना पनि नबित्दै अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा दुई ओटा आणविक बम खसाल्यो । पहिलो पटक आणविक बमको परीक्षण भएयता विश्वभर २ हजार भन्दा धेरै वटा आणविक परीक्षण भइसकेका छन् । यतिबेला रुस, अमेरिका, चीन, फ्रान्स, बेलायत समेत विश्वका ९ देशसँग १३ हजार भन्दा धेरै आणविक अस्त्र छ । विश्वको कूल आणविक हतियारको ९० प्रतिशत रुस र अमेरिकासँग छ ।
आणविक परीक्षणको शुरुआती दिनमा यसले मानव जीवनमा पार्न सक्ने विध्वंसकारी असरबारे खासै धेरै वास्ता गरिएको थिएन । तर यसको दूरगामी प्रभाव र इतिहासले भने हामीलाई आणविक हतियार परीक्षण गर्दा हुन सक्ने भयानक र दुखान्त असरहरू छर्लङ्ग देखाइसकेको छ । शुरुआती समयको तुलनामा अहिले बनेका आणविक हतियार निकै शक्तिशाली र विनाशकारी छन् । यसलाई कल्पँदा आणविक हतियारको परीक्षण वा प्रयोगको नतिजा मुटु कमाउने खालको छ ।
आणविक परीक्षणको इतिहास:
युरोपमा दोस्रो विश्व युद्ध सुरु भएको समयमा अमेरिकी वैज्ञानिकहरू भने आणविक शक्तिको विकासमा जर्मनीले हासिल गरेको प्रगतिसम्म कसरी पुग्ने भनेर संघर्षरत् थिए । सन् १९३९ को सुरुमा केही अमेरिकी वैज्ञानिकहरूले सैन्य प्रयोजनका लागि आणविक हतियार बनाउने तरिकाबारे वकालत गर्न सुरु गरे । सन् १९४१ को अन्त्यतिर अमेरिकाको वैज्ञानिक अनुसन्धान र विकासका लागि सङ्घीय सरकारको कार्यालयले सो परियोजना आफ्नो हातमा लियो । अमेरिका दोस्रो विश्वयुद्धमा छिरेपछि अमेरिकी सेनालाई आणविक हतियार बनाउन चाहिने कारखाना, प्रयोगशाला र परीक्षण केन्द्र बनाउने काम दिइयो ।
यससम्बन्धी शुरुआती अनुसन्धान न्युयोर्क सहरमा रहेको कोलम्बिया विश्वविद्यालयमा भए । त्यतिखेर आणविक परीक्षण र विकासको लागि सुरु गरिएको गोप्य कार्यक्रमलाई म्यानह्याटन प्रोजेक्ट नाम दिइएको थियो । यसको एक मात्रै लक्ष्य विश्वको पहिलो आणविक बम बनाउनु थियो । आणविक अनुसन्धान र विकास कार्यको विविध चरणमा ३० भन्दा धेरै प्रयोगशाला र १ लाख ३० हजारभन्दा धेरै मानिसहरूलाई संलग्न गराइएको थियो । यसमा पनि आणविक बमका लागि ट्नेसीको ओक रिज, वाशिङ्टनको रिचल्यान्ड र न्यू मेक्सिकोको लस आलामोस तीन मुख्य स्थान थिए ।
यसरी गरियो बनाउने काम
ओक रिजमा यूरेनियम –२३५ र प्लुटोनियम उत्पादन गर्ने मझौला आकारको रियाक्टर बनाइयो । यी दुबैलाई आणविक बम बनाउन प्रयोग गरिदैं थियो । सन् १९४५ को अगस्टमा जापानको हिरोशिमामा खसालिएको लिटिल ब्वाई बम बनाउने प्रयोग गरिएको प्लुटोनियम ओक रिजमा बनाइएको थियो । एक वर्षभित्र हानफोर्डमा बृहत् स्तरको पहिलो प्लुटोनियम रियाक्टरले काम सुरु गर्यो ।
जब स्टीलको टावरको टुप्पोमा बम विस्फोट भयो, आगोको मुस्लो निस्कियो, ह्वात्तै तातो आयो अनि विस्फोटको चर्को आवाज उपत्यकाभर गुन्जियो । बमले स्टिलको टावर पूरै खरानी बनाइदियो । अनि विश्वमा आणविक युगको शंखनाद भयो ।
सन् १९४५ को सुरुमा यहाँको तीन वटा रियाक्टरले उत्पादन गरेको प्लुटोनियम हरेक पाँच पाँच दिनमा लस आलामोस पठाउन थालियो । यो सामाग्रीलाई विश्वको पहिलो आणविक बमको परीक्षणको साथै नागासाकीमा खसाइएको बम फ्याट म्यान बनाउन प्रयोग गरियो । लस आलामोसको केन्द्र म्यानह्याटन परियोजनाको मुख्य केन्द्र बन्यो जे. रोबर्ट ओपनहेइमरको नेतृत्वमा यसले अन्ततः बमको निर्माण परीक्षण र डेलिभरीको काम गर्यो ।
ट्रिनिटी परीक्षण
विश्वमा परीक्षण भएको पहिलो आणविक अस्त्रको नाम ट्रिनिटी थियो । सन् १९४५ को जुलाई १६ को बिहान ५ः३० बजे लस आलामोसका वैज्ञानिकहरुले न्यू मेक्सिकोकै अलामोगार्दोमा रहेको अमेरिकी हवाई बलको बेसमा प्लुटोनियम बम विस्फोट गराए । जोन डोनको कविताबाट प्रेरित भएर परीक्षण गर्ने ठाउँलाई ओपनहेइमरले ‘ट्रिनिटी’ नाम दिएका थिए । परीक्षण बिहान ४ बजेका लागि तय गरिएको थियो । तर त्यति बेला झमझम पानी पर्न सुरु भयो । त्यसपछि यो समय सारेर ५ः३० मा पुर्याइयो । परीक्षण स्थलमा तनावयुक्त माहौल थियो । तर जब स्टीलको टावरको टुप्पोमा बम विस्फोट भयो, आगोको मुस्लो निस्कियो, ह्वात्तै तातो आयो अनि विस्फोटको चर्को आवाज उपत्यकाभर गुन्जियो । बमले स्टिलको टावर पूरै खरानी बनाइदियो । अनि विश्वमा आणविक युगको शंखनाद भयो ।
धेरैलाई थाहा नहुन सक्छ, अमेरिकी सेनाले आणविक बम खसाल्न सुरुमा हिरोसिमा र कोकुरालाई प्राथमिक लक्ष्य तोकिएको थियो । बम खसाल्ने दिन अर्थात् अगस्ट ९ मा कोकुरामा बादलका कारण फ्याट म्यान बोकेको विमान बी–२९ ब्याकस्कार ४५ मिनेटसम्म आकाशमै अलमलमा पर्यो अनि कोकुराको सट्टामा नागासाकीमा बिहान ११ः ०२ मा बम विस्फोट गराइयो । २१ हजार वजन भएको बमलाई आकाशमा ५०० मिटर माथिबाट खसालिएको थियो ।
पहिलो आणविक परीक्षण भएको केही हप्तामै केही दिनको अन्तरालमा अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा आणविक बम खसाल्यो । अगस्ट ६ को बिहान ८ः१५ मा हिरोशिमामा लिटिल ब्वाई विस्फोट गरियो । एनोला गे नामक बी–२९ बम्बर प्लेनले यसलाई विस्फोट गराएको थियो । शहरको ५८० मिटर माथिबाट झन्डै १५ हजार टन तौल भएको यो बम खसालिएको थियो । वर्षको अन्त्यसम्ममा यो विस्फोटका कारण सो सहरमा झन्डै १ लाख ४० हजार मानिसको मृत्यु भएको अनुमान गरिएको छ ।
धेरैलाई थाहा नहुन सक्छ, अमेरिकी सेनाले आणविक बम खसाल्न सुरुमा हिरोसिमा र कोकुरालाई प्राथमिक लक्ष्य तोकिएको थियो । बम खसाल्ने दिन अर्थात् अगस्ट ९ मा कोकुरामा बादलका कारण फ्याट म्यान बोकेको विमान बी–२९ ब्याकस्कार ४५ मिनेटसम्म आकाशमै अलमलमा पर्यो अनि कोकुराको सट्टामा नागासाकीमा बिहान ११ः ०२ मा बम विस्फोट गराइयो । २१ हजार वजन भएको बमलाई आकाशमा ५०० मिटर माथिबाट खसालिएको थियो । वर्षको अन्त्यसम्ममा बमको प्रभावका कारण नागासाकीमा झन्डै ७० हजार जनाको मृत्यु भउको अनुमान गरिएको छ । विकिरणका कारण यी दुई सहरमा यस आक्रमणमा बाँचेका मानिसका कयौं पुस्ता क्यान्सर र जन्मजात विकलंगता जस्ता अनेकौं समस्या भोग्न बाध्य भए ।
विश्वको सबैभन्दा ठुलो आणविक विस्फोटन सन् १९६१ म भयो । सोभियत संघले आर्कटिक सर्कलको उत्तरमा रहेको नोभाया जेम्लयामा सार बम विस्फोट गराएको थियो । सो बम ६० मेगाटनको थियो । यो हिरोशिमामा विस्फोट गराइएको बमभन्दा ३ हजार ३०० गुण बढी शक्तिशाली थियो ।
यसपछि विश्वमा आणविक हतियार परीक्षणको शृङ्खला सुरु भयो । सन् १९४९ मा सोभियत संघले पनि आणविक परीक्षण गर्यो । त्यसपछि सन् १९५२ मा बेलायत, सन् १९६० मा फ्रान्स, सन् १९६४ मा चीनले पनि यसको परीक्षण गर्यो । शित युद्धको समयमा अमेरिका र सोभियत संघबीच आणविक हतियार बनाउने होडबाजी नै चल्यो । इरान र उत्तर कोरियाले बनाइरहेको आणविक हतियार ठुलो चिन्ताको विषय बने । सन् १९७० को दशकमा आणविक हतियारको अप्रसार सन्धि लागू भयो । यसमा संयुक्त राष्ट्र संघका १९० भन्दा धेरै देशहरूले सक्रिय रुपमा सहभागीता जनाए ।
विश्वमा भएका केही ठुला आणविक विस्फोट
विश्वको सबैभन्दा ठुलो आणविक विस्फोटन सन् १९६१ म भयो । सोभियत संघले आर्कटिक सर्कलको उत्तरमा रहेको नोभाया जेम्लयामा सार बम विस्फोट गराएको थियो । सो बम ६० मेगाटनको थियो । यो हिरोशिमामा विस्फोट गराइएको बमभन्दा ३ हजार ३०० गुण बढी शक्तिशाली थियो ।
चीनले सन् १९७६ मा लोप नुरमा ४ मेगाटनको बम परीक्षण गराएको थियो । बेलायतले पनि सन् १९५७ देख ५८ को बीच्मा प्रशान्त महासागरको दक्षिणमा एक पछि अर्को आणविक परीक्षण गर्यो । सन् १९९९ मा बेलायती आणविक विज्ञहरूको सङ्गठनले गरेको एउटा सर्वेक्षणले परीक्षणमा उपस्थित रहेका २ हजार ५०० जना भेटरानको हड्डीमा समस्या रहेको र यीमध्ये ३० प्रतिशतको मृत्यु ५० वर्ष उमेर समूहभित्रै भइसकेको देखाएको थियो ।
कसरी भयो विश्व आणविक परीक्षणविरुद्ध दिवसको सुरुआत ?
सोभियत संघले काजकस्तानको सेमिपालाटिन्स्क साइटमा गरेको आणविक परीक्षणको विकिरण त्यहाँको स्थानीय बासिन्दाहरूमा पोखियो । त्यहाँका मानिसहरूको यसको जेनेटिक समस्या देखियो । यसपछि काजकस्तानले सन् १९९१ के अगस्ट २९ मा सो साइट बन्द गर्यो । काजकस्तानले नै रिजोल्युशन ६४÷३५ को पहल गर्यो । त्यसपछि सन् २००९ को डिसेम्बर २ मा यूएनले अगस्ट २९ लाई विश्व आणविक परीक्षणविरुद्ध दिवस को रुपमा मनाउने घोषणा गर्यो । यो भन्दा अगाडि सन् १९९६ मा आणविक परीक्षण विरुद्धको सन्धि (सीटीबीटी) अपनाइएको थियो । तर यसलाई यूएनका सबै सदस्य देशहरूले अनुमोदन गरेका थिएनन् ।
आणविक परीक्षणले मानव समाजलाई मात्रै होइन वातावरण, बोट बिरुवा र जनावरको जीवनमा समेत व्यापक क्षति पुर्याउँछन् । विश्व परमाणु परीक्षण विरुद्धको दिवसले हामीहरूलाई सधैँ परीक्षणले निम्त्याउन सक्ने खतराप्रति सतर्क गराइरहेको छ । यसले हामीलाई आणविक अस्त्ररहित सुरक्षित भविष्य सुनिश्चित गर्न आफ्ना नेताहरूलाई झकझकाउन प्रेरित गर्दै आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सौराहामा डेढ अर्ब लगानीमा बन्यो पाँच तारे ‘रोयल टुलिप’ होटल
-
‘आइएमई पे’ एपमा बैंक खाता लिङ्क गरी स्मार्टफोन जित्ने मौका
-
स्थानीय तह उपनिर्वाचन : यस्तो छ कीर्तिपुरको नमुना मतपत्र
-
श्रवण शक्ति कम भएकाहरुको हक अधिकार सुनिश्चित गर्न सरकार गम्भीर छ : मुख्यमन्त्री आचार्य
-
राष्ट्रपति पौडेलसमक्ष तीन देशका राजदूतले पेस गरे ओहोदाको प्रमाणपत्र
-
एआईजीद्वय बुद्धिराज गुरुङ र केदार ढकाललाई दर्ज्यानी चिन्ह प्रदान