संविधान दिवस : कोशी प्रदेशमा ५ सय १ सदस्यीय मूल समिति गठन

विराटनगर । कोशी प्रदेश सरकारले यसपटकको संविधान दिवस भव्यरुपमा मनाउने तयारी गरेको छ । ५ सय १ सदस्यीय मूल समारोह समिति घोषणा गरी मनाउने तयारी थालेको हो ।
कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा बुधबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले दिवसको तयारी थालेको हो । मुख्यमन्त्री कार्कीले यस पटकको संविधान दिवस भव्य र सृजनात्मक बनाउने गरी तयारी थालिएको बताए ।
उनले संविधान दिवसलाई जनतासँग जोड्ने सबै जातजाति धर्म संस्कृति मान्ने सबैको सहभागिता हुने गरी दिवस मनाइने जानकारी दिए । उनले भने, ‘हाम्रो देश विविधताले भरिपूर्ण छ ती सबै विविधताहरूको उजागर हुने र अपनत्व हुने गरी दिवसको तयारी छ ।’
यस पटकको संविधान दिवसमा प्रतियोगितात्मक झाँकी प्रदर्शनी, वतृत्वकला प्रतियोगिता, निबन्ध प्रतियोगिता र मूल आयोजकले औपचारिक कार्यक्रम गर्ने तयारी छ । असोज २ गतेदेखि तीन दिनसम्म मनाउने दिवसमा सार्वजनिक सञ्चारमाध्यममार्फत संविधानप्रति अपनत्व जगाउने कार्यक्रमहरू पनि सञ्चालन हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
रोचक बन्दै ला लिगा, शीर्ष टोलीलाई धक्का पुग्दा एटलेटिकोलाई सफलता
-
प्रिमियर लिग : लिभरपुल फुलहमसँग हार्दा म्यान्चेस्टर डर्बीमा गोलरहित बराबरी
-
१२ बजे, १२ समाचार : अग्रज पत्रकार भैरव रिसालको निधनदेखि तीनकुने घटनाबारे प्रधानमन्त्री र गृहमन्त्रीको फरक-फरक भनाइसम्म
-
स्वास्थ्य संस्थाहरूमा औषधि अभाव
-
गरुड पुराण लगाउने पण्डित बन्न आएका भैरव रिसाल कम्युनिस्ट र पत्रकार बने
-
तीन वर्षभित्र १३ लाख धनीपुर्जा वितरण गरिन्छ : अध्यक्ष रिजाल