सोमबार, १४ असोज २०८१
ताजा लोकप्रिय

प्रकाश तामाङलाई सहयोग गर्ने मुख्यमन्त्रीको घोषणा

बुधबार, १२ भदौ २०८१, २२ : १४
बुधबार, १२ भदौ २०८१

विराटनगर । हेर्ने कथा युट्युब च्यानलमार्फत परिवारसँग सम्पर्कमा पुगेका भोजपुरका प्रकाश तामाङलाई कोशी प्रदेश सरकारले कृषि र पशुपालन व्यवसाय गर्न चाहेमा सहयोग गर्ने घोषणा गरेको छ । 

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आफ्नो प्रदेशको नागरिकको पीडाबाट आफू मर्माहत भएको बताउँदै उनलाई सरकारले सहयोग गर्ने बताए । कोशी प्रदेश भित्र रहेर पशुपालन या कृषि पेशा गर्न चाहेमा सरकारले सहयोग गर्ने उनले जानकारी दिए ।  संघीय सरकारबाट नागरिकता प्राप्तिको लागि पहल भइरहेको र नागरिकता प्राप्त हुनेबित्तिकै उहाँलाई सहयोग दिइने मुख्यमन्त्री कार्कीले बताए । 

‘शैक्षिक योग्यता भएको भए सरकारी रोजगारी दिन सकिन्थ्यो,’ उनले भने, ‘त्यो नभएपछि उहाँको शीपलाई समेत प्रयोग गर्न सक्ने गरी कृषि या पशुपालनमा सहयोग गर्ने तयारी गरेका हौँ ।’ 

पत्रकार विद्या चापागाईले गोर्खाको चुमभ्यालीमा उनलाई भेटेपछि उनको ३५ वर्षपछि परिवारसँग पुनरमिलन भएको हो । ३५ वर्षदेखि परिवारसँग सम्पर्कबिहीन भएका प्रकाशको पुर्नमिलनको कथा हेर्ने कथा युट्युब च्यानलमा हराएको वर्ष शीर्षकमा राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप