सशस्त्रका १५ जना एसएसपीहरुको सरुवा

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका १५ जना एसएसपीको सरुवा गरेको छ । सशस्त्र प्रहरी वरिष्ठ उपरिक्षक कृष्णराज पाठकलाई बडिमालिका जवान तालिम शिक्षालय कैलालीमा पठाइएको छ ।
विनोदराज श्रेष्ठलाई प्रधान कार्यालयस्थित सीमा सुरक्षा विभाग, प्रविण कँडेललाई मानवश्रोत विभाग, दिगविजय सुवेदीलाई कार्य विभाग र विश्वकुमार भट्टराईलाई सीमा सुरक्षा विभागमा सरुवा गरिएको छ । कमलप्रसाद तिउसीना नम्बर–५ विन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा सरुवा भएका छन् । नीरकृष्ण अधिकारीलाई नम्बर–९ पशुपति बाहिनीमा सरुवा गरिएको छ ।
राजस्व भन्सार तथा औद्योगिक तालिम शिक्षालय टीकापुरमा नरेन्द्र सेन, नवलपरासीस्थित सीमा सुरक्षा तालिम शिक्षालय बर्दघाटमा शंकर खनाल र झापास्थित पाथिभरा जवान तालिम शिक्षालयमा राजेश उप्रेतीलाई सरुवा गरिएको छ ।
जवान तालिम शिक्षालय नौबस्तामा गंगाराम श्रेष्ठ, सप्तरीस्थित दन्तकाली विशेष कार्य तालिम शिक्षालयमा नेत्रबहादुर कार्की र नम्बर–४ बाहिनी मुख्यालयमा रमेशकुमार पाण्डेलाई सरुवा गरिएको छ ।
विकाश घिमिरेलाई खेलकुद तथा शारीरिक सुगठन शिक्षालय र जहरसिंह बुढामगरलाई कार्य विभागमा सरुवा गरिएको सशस्त्र प्रहरी बल प्रधान कार्यालयले जनाएको छ । गृहमन्त्री रमेश लेखकले एसएसपीहरुको सरुवा निर्णय गरेका हुन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गण्डकीका खेलकुद विकास समितिमा कांग्रेस र एमालेको भागबण्डा, कुन जिल्ला कसलाई ?
-
बरिष्ठ नेताको निधनप्रति राप्रपा दुःखी
-
खाणद्वारा बोहराको निधनमा दुःख व्यक्त
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
बागमती प्रदेशसभाः सात दलको ११ घण्टा बसेको छलफल निष्कर्षविहीन
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री