शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिमको समग्र विकासका लागि प्रतिबद्ध छु : परराष्ट्रमन्त्री राणा

बुधबार, १२ भदौ २०८१, २१ : २३
बुधबार, १२ भदौ २०८१

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले मुलुकको सुदूरपश्चिम क्षेत्रको विकासका लागि आफू प्रतिबद्ध रहेको बताएकी छिन् । गौरा पर्व मनाउन बुधबार धनगढी पुगेकी परराष्ट्रमन्त्री डा राणाले आफू सो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको बताउँदै सो क्षेत्रको विकासबारे हालै भारत भ्रमणका क्रममा भारत सरकारसँग पनि कुरा उठाएको बताएकी हुन् । 

धनगढी उपमहानगरपालिका– ४ मा निर्मित आधारभूत स्वास्थ्य केन्द्र एवं वडा कार्यालय भवनको बुधबार उद्घाटन गर्दै उनले सो धारणा राखेकी हुन् । आफ्नो हालै सम्पन्न भारत भ्रमणका क्रममा गौरीफन्टा नाकालाई पूर्ण क्षमताका साथ सञ्चालन गर्नेगरी स्तरोन्नति गर्ने विषयमा आफूले कुरा राखेको जानकारी पनि उनले दिइन् । 

त्यसैगरी भारत भ्रमणकै क्रममा धनगढीको फाप्लुमा निर्माण हुने बहुउद्देश्यीय खेलमैदानका विषयमा पनि आफूले कुरा उठाएको उनले जानकारी दिइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप