सशस्त्रका ४ जना डीआईजीको सरुवा
बुधबार, १२ भदौ २०८१, २० : ५९

काठमाडौँ । गृह मन्त्रालयले सशस्त्र प्रहरी बलका ४ जना नायब महानिरीक्षकहरु (डीआईजी) को सरुवा गरेको छ । नम्बर–५ बाहिनी बिन्ध्यवासिनी मुख्यालय रुपन्देहीमा प्रदीप कुमार पाल र नम्बर–६ महेश्वरी बाहिनी मुख्यालय सुर्खेतमा सुरेश कुमार श्रेष्ठलाई पठाइएको छ ।
नम्बर–५ बाहिनीका बाहिनीपति अभि कुमार खत्रीलाई मानवश्रोत विकाश विभाग र नम्बर–६ का बाहिनीपति दुर्गा प्रसाद भट्टराईलाई राष्ट्रिय सुरक्षा परिषद्को सचिवालयमा सरुवा गरिएको छ । गृहमन्त्री रमेश लेखकले डीआइजीहरूलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।
डीआईजीद्वय खत्री र भट्टराई भदौ १६ मा ३० वर्षे सेवा अवधिका कारण अवकाशमा जाँदै छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सेफ सोसाइटीले नेपाली परम्परागत खानाको प्रदर्शनी तथा व्यापार मेला गर्ने
-
दुबईबाट यात्रुलाई ल्यापटप र मोबाइल मगाएर भन्सार छली, न्युरोडमा बिक्री
-
मेसिनमा आगजनीपछि ‘म्यानुअल सिस्टम’ बाट जडीबुटी कम्पनी सञ्चालनको 'होमवर्क'
-
बागमती प्रदेशसभा बैठक सूचना टाँस गरेर स्थगित, बुधबार १ बजे बस्ने
-
‘पिताम्बर’ले ल्यायो एक्सनले भरिपूर्ण ट्रेलर
-
जसपानिकट प्रेस मञ्चको जिल्ला अधिवेशनबाट नयाँ नेतृत्व निर्वाचित